शान्तिनगर १ स्तरीय खेलकुद सकियो

तुलसीपुर, २५ कात्तिक ।

शान्तिनगर गाउँपालिका वडा नं. १ स्तरीय खेलकुद प्रतियोगिता सकिएको छ ।
खेल बुधबार र बिहीबार भएको हो । फुटबल र भलिबल प्रतियोगिता भएको वडासचिब पृथ्वी पौडेलले बताए । उनका अनुसार फुटबलमा जीवाईसीले प्रथम स्थान हात पारेको हो भने टिवाईवीले द्धितिय स्थान हात पार्न सफल भएको थियो । जिवाईसीले पेनाल्टी सुटआवट मार्फत टिवाईवीलाई हराएको हो ।

त्यस्तै भलिबलतर्फ परिबर्तनशील युवा क्लबले प्रथम स्थान हात पार्न सफल भएको थियो भने समाज सुधार युवा क्लबले द्धितिय स्थान हात पार्न सफल भएको थियो । वडामा खेल क्षेत्रको विकासकालागि खेलकूद प्रतियोगिताको आयोजना गरिएको हो ।


खेलमा फुटबलको प्रथमलाई नगद २५ हजार, मेडल र प्रमाण पत्र तथा ट्रफि प्रदान गरिएको थियो भने द्धितियलाई १५ हजार मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै भलिबलमा प्रथमलाई २० हजार नगद, मेडल, ट्रफि र प्रमाणपत्र तथा द्धितियलाई १० हजार नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

फुटबलमा ४ समूह र भलिबलमा ५ समूहले सहभागिता जनाएका थिए । वडाध्यक्ष जंगबहादुर पुन मगरको अध्यक्षतामा कार्यक्रम भएको हो ।