सल्यानमा घाँस काटने क्रममा रुखबाट लडेर एक किशोरीको मृत्यु

तुलसीपुर, १६ भदौ ।
सल्यानमा घाँस काटने क्रममा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कालिमाटी गाउँपालिका १ आपचौर बस्ने १५ बर्षिया रुपा पुलामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

बुधबार साँझ ६ बजे घाँस काट्न गएकी पुँलामी अबेरसम्म पनी घर नफर्केपछि खोजतलास गर्ने क्रममा उनको घर नजीकै अन्दाजी एक किलोमीटर पश्चिममा रहेको झालेपहर भिरबाट ५० मिटर तल खसी घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।


घटनाको बारेमा बिहिबार बिहान करिब १२ं बजे मात्रै प्रहरीलाई स्थानीयले खबर गरेका थिए । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक सन्तोष खनालको टोली घटना स्थल पुगेको थियो । अहिले उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको प्रहरीले जानकारी दिएको छ ।