दाङ, ३० चैत ।
लमही नगरपालिकाको १४ औं नगर सभा सम्पन्न भएको छ । नगर सभाको उद्घाटन नगर प्रमुख जोगराज चौधरीले गर्नु भएको हो ।
नगर सभामा लमही नगर सभा सदस्य एवम् लमही नगरपालिका–३ का वडा अध्यक्ष मनोज कुमार चौधरीले सबैको एक मत हुँदा हुँदै पनि के कति कारणले हामी छिन्न भिन्न हुन पुगेका छौं, अब प्रमुख उपप्रमुखले नेतृत्व लिनु पर्ने र आफुहरुले सहयोग गर्न तयार रहेको बताउनु भयो ।
लमही नगरपालिका–७ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता मोहन गिरीले जनप्रतिनिधि आइसकेपछि विकासले गति लिएको बताउनु भयो । शिक्षा, स्वास्थ्य, यातायात जस्ता अत्यावश्यक कुराहरुमा पालिकाले फड्को मारेको बताउनु भयो । त्यस्तै लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले आर्थिक वर्ष २०८०/८१ को शंसोधित बजेट प्रस्तुत गर्नु भएको थियो ।
साथै उपप्रमुख योगीले एकले अर्कालाई दोषारोपण गर्नु भन्दा पनि मैले जनताका लागि के गरे भन्ने कुरालाई मनन गर्न जरुरी रहेको बताउनु भयो । संघ र प्रदेशबाट आएका बजेटलाई देखिने गरि विनियोजन गर्नु पर्छ, नदिजन्य पदार्थलाई व्यवस्थित गर्न लाग्नु पर्ने, जनताले निकास पाउने गरि काम गर्न सबैलाई आग्रह गर्नु भयो । कुरा भन्दा काम गरौं, मेरो हैन हाम्रो भन्ने बानिको विकास गर्नु पर्ने कुरामा जोड दिनु भयो । वार्षिक कार्य योजना, आर्थिक वर्ष २०८०/८१ को प्रगति विवरण नगर प्रमुख जोगराज चौधरीले प्रस्तुत गर्नु भएको थियो ।
वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेलले जनताको आशा अपेक्षा पूरा गर्ने उदेश्यले जनप्रतिनिधि भएर आएको बताउनु भयो । केही आन्तरिक समस्याका कारण ती काम गर्न केही असमर्थ भएको तर आफुहरुले हार नखाएको बताउनु भयो ।
कार्यक्रमको सहजीकरण लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा र प्रशासन प्रमुख महेश थापा ठेडीले गर्नु भएको थियो ।
लाइभदाङ । ३० चैत्र २०८०, शुक्रबार १८:०८ बजे