रोल्पाका एक युवकको साउदीमा सवारी दुर्घटनामा मृत्यु

दाङ, २१ माघ ।  रोल्पाका एक युवकको साउदीमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका माडी गाउँपालिका ४ बुढागाउँका २७ वर्षीया सुवास बुढामगरको साउदीमा सवारी दुर्घटनामा परी मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । पारिवारिक स्रोतका अनुसार यही माघ १८ गते साउदी अरबियाको दमाम भन्ने स्थानमा आफूले चलाएको गाडीमा अर्को गाडी ठोक्किन आउदा दुर्घटना भएको थियो ।


त्यसपछी उहाँ आत्तिएर सडकको रंगसाइडको झ्यालबाट बाहिर निस्कदा पछाडिबाट आएका तीनओटा गाडीले एकै पटक ठक्कर दिदा उहाँको घटनास्थलमै मृत्यु भएको हो । कम्पनीले आवस्यक कागजी प्रक्रिया नपुगेको भन्दै शव नेपाल नपठाएकाले अहिले मृतकको शव साउदीकै अस्पतालमा रहेको मृतककी दिदि भिमकुमारी मगरले जानकारी दिनुभयो । उहाँ विगत दुईवर्ष अगाडी रोजगारीको सिलसिलमा साउदी जानुभएको थियो ।