मजदुरहरूका बालबालिकालाई ४ विद्यालयद्वारा २५ प्रतिशत छुट

तुलसीपुर, ३० चैत ।
अखिल नेपाल यातायात मजदुर संघ दाङले ४ विद्यालयमा मजदुरहरूका बालबालिकालाई २५ प्रतिशत छुट गरेको छ । हिमाल एकाडेमी दाङ, तुलसीपुर, डिभाईन टेम्पल एकेडेमी तुलसीपुर दाङ, ज्ञान ज्योती फाउन्डेसनका ७ शाखाबाट २० प्रतिशत, सगरमाथा बालबालिका इङलिस तुलसीपुरबाट २० प्रतिशत छुट हुने लिखित सहमति भएको छ ।

शैक्षिक सत्र २०८१ का लागि अखिल यातायात मजदुर संघमा आबद्ध मजदुरहरूका बालबालिकाहरूको पठनपाठन एवं शैक्षिक गुणस्तरमा अभिवृद्धि होस भने हेतुले विद्यालयहरूले सामाजिक दायित्व बहन गरि संघमा आवद्ध मजदुरहरूका बालबालिकाहरूलाई छुट दिने सहमति भएको मजदुर संघका केन्द्रीय उप–महासचिव घनश्याम डाँगीले बताए ।


हिमाल एकाडेमीमा भर्ना शुल्क २५ प्रतिशत मासिक शुल्क २० प्रतिशत छुट हुने सहमति भएको छ । डिभाईन टेम्पल एकेडेमीमा भर्ना शुल्क २५ प्रतिशत मासिक शुल्क २० प्रतिशत छुट हुने सहमति भएको छ ।