लागु औषध सम्बन्धि सचेतना

कृष्ण अधिकारी
तुलसीपुर२८ चैत । घोराही उपमहानगरपालिका वडा नं. १४ मा लागु औषध दुब्र्यसन सम्बन्धी सचेतना कार्यक्रम भएको छ ।

बुधबार घोराही १७ स्थित निर्णय पुर्नस्थापना केन्द्रको आयोजना तथा घोराही उपमहानगरपलिका १४ को आर्थिक सहयोगमा उक्त कार्यक्रम भएको हो ।


ढोडेनी आसपासमा रहेका टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरुलाई सचेतना प्रदान गरिएको हो । ढोडेनी टोल विकास संस्थाका अध्यक्ष जीबन श्रेष्ठको अध्यक्षतामा तथा घोराही उपमहानगरपलिका १४ न वडा कार्यालय अध्यक्ष भानसिं बुढा को प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।

सोही अवसरमा वडा प्रहरी कार्यालय घोराही दाङका प्रमुख राम प्रसाद पाण्डे , सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका उपाध्यक्ष कैलाश रोकालगायतको सहभागिता रहेको थियो ।