तुलसीपुर सुर्खेत सडक खण्ड राष्ट्रिय राजमार्गका रुपमा स्थापित हुन्छ : शंकर पोख्रेल

रामप्रसाद सुवेदी

चैत २३ गते ।

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले तुलसीपुर सुर्खेत सडक खण्ड राष्ट्रिय राजमार्गका रुपमा स्थापित हुने बताउनु भएको छ। नेकपा एमाले बबई गाउँ कमिटीले आज हापुरेमा आयोजना गरेको बृहत कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै पोख्रेलले हिजो सपना जस्तै लाग्ने यो सडक खण्ड नेकपा एमालेकै पहलमा काम कार्य सुरु भएको बताउदै यो सडक बिस्तार हुदा साथ कर्णाली प्रदेशको मुख्य नाकाको रुपमा दाङ स्थापित हुने बताउनु भयो ।


पोख्रेलले अदालतबाट परमादेश मार्फत जारी भएको ५ दलिय गठबन्धन सरकारले मुलुकको आर्थिक ब्यबस्था तहसनहस पारेको भन्दै यो सरकारमा देश चलाउने क्षमता नभएको आरोप समेत लगाउनुभयो । उहाले काङ्ग्रेसको नेतृत्वमा समजवादको सपना देख्नु सबैभन्दा ठूलो नौटंकी भएको बताउनुभएको छ । “माधव नेपाल र प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलन र समाजवादको नारालाई धोका दिएर काङ्ग्रेस संगको नेतृत्वमा समाजवादको नारा बोकेर हिड्नु भनेको कम्युनिस्ट र समाजवादीहरुको बेइज्जत गर्नु हो उहाँले भन्नुभयो यो कुरा हामिले गाउँ गाउँमा गएर बुझाउन जरुरी छ । उहाले भन्नू भयो देश बनाउने पार्टी एमाले भएको पुष्टि भईसकेको हुदा प्रचण्ड र माधव नेपाललाई देउवाको जिम्मा लगाएर तिनका कार्यकर्ताहरुलाई एमालेमा समायोजन गर्नुपर्छ ।

२०७९ साललाई परमादेशको सरकारलाई बिदाई गर्ने बर्षका रुपमा मनाउने अठोट गर्न पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ । बैसाख ३० गतेको चुनाव गठबन्धन सरकारले नचाहेको भन्दै पोख्रेलले काम गर्नेहरुको साथमा जनता भएकाले एमालेलाई गठबन्धनले कुनै असर नपुग्ने बताउनुभयो । एमाले नेतृत्व सरकारले कति काम गर्यो र नेपाली काङ्ग्रेस नेतृत्वको सरकाले कति काम गर्न सक्यो भन्ने कुरा बबई गाउँपालिकामा भएका कामहरु र शान्तिनगर गाउँपालिकामा भएका कामहरु विच तुलना गरे मात्रै थाहा हुने भन्दै एमाले सरकाले गरेका राम्रा कामहरुलाई जनमानसमा पुर्याउने कार्यमा लाग्न एमालेका नेता कार्यकर्तालाई निर्देशन गर्नुभएको छ ।

नेकपा एमाले बबई गाउँ कमिटीका अध्यक्ष जित बहादुर वलीको अध्यक्षता, नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोख्रेलको प्रमुख आतिथ्यता तथा नेकपा एमाले स्कुल बिभागका उपसंयोजक तथा पोलिटब्युरो सदस्य ईश्वरी रिजालको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नेकपा एमाले बबई गाउँकमिटी उपाध्यक्ष सारदा शाहाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव धन बहादुर डाँगीले गर्नुभएको थियो ।