राप्ती गाउँपालिकाद्वारा अग्नि पिडित चुलामी चौधरीलाई राहत सामाग्री प्रदान

तुल बहादुर कवँर मगर
देउखुरी २७ चैत।
दाङ देउखुरीको राप्ती गाउँपालिकाले पालिकाको वडा नम्बर २ मुक्तिनगर लालमटिया निवासी अग्नि पिडित चुलामी चौधरी लाई मंगलबार राहत सामाग्री प्रदान गरेको छ।

पिडित चौधरीलाई राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,पालिकाका प्रवक्ता तथा वडा नम्बर २ का वडा अध्यक्ष पहलवान चौधरी र विपद व्यवस्थापन शाखाका फोकल पर्सन सुवास भट्टराईले दाल,चामल ,नुन,तेल लगायतका खाद्यान्न सामाग्री प्रदान गर्नुभएको हो।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष विष्टले कोही नहुनेहरुको लागि स्थानीय सरकार हुने भन्दै पिडित चौधरीको घर पुनर्निर्माण कार्यमा स्थानीय सरकारले टिन तथा अन्य आवश्यक सामाग्री सहयोग गर्ने बताउनुभयो ।


एकल महिला समेत रहनु भएकी चौधरीको टिनले छाएको कच्ची घरमा गत आइतबार राति ७ बजे तिर विद्युत सर्ट भएर आगलागी भएको थियो । आगलागीबाट चौधरीको घरमा रहेको अन्नपात , लत्ताकपडा,कागजात जलेर नष्ट भएको थियो ।