हमाल दम्पत्तिद्धारा विद्यालयमा अक्षयकोष स्थापना

तुलसीपुर
२५ कात्तिक / दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ निवासी मदन हमालको दम्पतीले सल्यानको दार्मा गाउँपालिका वडा नं. ३, फारुलाचौरमा रहेको जनज्योति माविमा अक्षयकोष स्थापना गरेको छ । हमाल दम्पतीले सिताराम उपाध्याय संस्थापक अक्षयकोषमा एक लाख थप गरेको हो ।

यस अघि टंकप्रकाश हमालबाट रु ४८५०० र दिदी भिमलादेबी चन्दबाट रु २५०० गरेर रु ५१ हजारको कोष स्थापना भएको थियो । उक्त रकममा स्वर्गीय सिताराम उपाध्यायका नाती मदनप्रकाश हमाल र नातिनी बुहारी चन्द्राकुमारी हमालले एक लाखको चेक बिद्यालयमा रहेको अक्षयकोषका लागि हस्तान्तरण गरेका हुन् । मदनप्रकाश हमाल र उनकी श्रीमती चन्द्राकुमारी हमालले अक्षयकोषमा एक लाख रकम थप गरेसँगै अब उक्त कोष रु १,५१,००० को रहेको छ ।


उक्त रकम दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसी (अरुण)लाई हस्तान्तरण गरिएको हो । उक्त कोषबाट विद्यालयका कार्यक्रममा सहभागी भई कर्तव्य निर्बाह गर्ने एक जना छात्र र एक जना छात्रालाई हरेक बर्ष छनोट गरी समाजसेवा पुरस्कार प्रदान गरिने छ ।