स्वास्थ्य दिवसमा आश्रममा स्वास्थ्य शिविर

तुलसीपुर,२४ चैत ।

७५ औँ विश्व स्वास्थ्य दिवसको अवसरमा आज आर्युवेद मेडिकल समाज केन्द्रीय आयुर्वेद विद्यापीठले स्वास्थ्य शिविर गरेको छ । मानवसेवा आश्रम दांङमा नि शुल्क स्वास्थ्य शिविर गरिएको हो ।

अध्यक्षअजय कुमार मह्त्तोका अध्यक्षता तथा आयुर्वेद विशेषज्ञ डा. लक्ष्मेशवर मण्डलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


त्यस अवसरमा विशिष्ट अतिथि पंचकर्म विशेषज्ञ डा . योगेश वैध, शालक्य विशेषज्ञ डा . प्रतिक्षा मजगैया, आयुर्वेद चिकित्सक डा . सन्तोष खनाल,डा.हेमराज पन्त,बसन्त रावत, नवराज जोशी, कुन्दन कुमार जैसवाल, डा . शिशिर भुसाल, अभयप्रताव चौवेलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम व्यवस्थापकमा मानव सेवा आश्रम दांङ शाखा प्रमुख हिरू जोशी, विद्यार्थी रूपेश मिश्र,, अरबिन्द कुमार यादव थिए । त्यस्तै शालिकराम भुसालले औषधी शौजन्य गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यार्थी श्रीधर गौतमले गरेका थिए ।