दाङका सीडीओद्वारा तुलसीपुर कारागारको निरीक्षण

तुलसीपुर, २२ कात्तिक । दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले तुलसीपुर कारागारको निरीक्षण गर्नुभएको छ ।

सोमबार तुलसीपुर कारागारको निरीक्षण पछि समय अनुसार कारागारको भौतिक अबस्था,ब्यबस्थापन पक्ष र सेवा सुबिधाहरु डिजिटल प्रणाली अनुसार परिमार्जन गर्दै लिनुपर्ने आबश्यकता देखिएको बताउनुभयो ।


पुरानो कारागार ऐनलाई परिमार्जन गरेर ससोधन सहितको नयाँ ऐन ल्याउनुपर्ने समेत बताउनुभयो । कारागारमा रहेका कैदीबन्दिहरुलाई सिपमुलक कार्यमा लाग्न राज्यले प्रोत्साहन गर्नुपर्ने भन्दै उहाँले कारागार भित्र रहेका कैदीबन्दिहरुको सिप र क्षमतालाई राज्यले समयमै चिनेर उनीहरुको सिपको कदर गर्नु पर्ने बताउनुभयो ।

साथै उहाँले कारागार भित्र कुनै पनि कमिकमजोरी हुन नहुँने समेत बताउनुभयो । तुलसीपुर कारागारमा २८ जना महिला ३ जना बालबालिका १३ जना बिदेशी सहित चारसय ९७ कैदीहरु रहेका छन् ।