तुलसीपुरमा छैनन्, सडक मावन

दाङ,२७ चैत ।
तुलसीपुरमा कुनै समय सडक मानव छ्याप्छयाप्ती हुन्थे । तर, अहिले सडक मानव मुक्त छ । बाहिरबाट आएका सडक मानवहरुलाई पनि उद्दार गरेर मानव सेवा आश्रममा लैजाने गरिएकाले अहिले तुलसीपुरमा सडक मानव भेटिदैनन् । मानव सेवा आश्रम तुलसीपुरका प्रमुख हिरु जोशीका अनुसार प्रत्येक शनिबार तुलसीपुर बजार अवलोकन गर्ने गरिएको भन्दै त्यो क्रममा सडक मानव भेटिदैनन् ।“हामी प्रत्येक शनिबार बजार अवलोकन गर्ने गर्छौं”,उहाँले भन्नुभयो“तर, अहिलेसम्म सडक मानव भेटिएका छैनन् ।”

तुलसीपुरमा मानव सेवा आश्रममा सबै सडक मानवलाई उद्दार गरेर राख्न थालेपछि यसरी सडक मानव मुक्त भएको हो । वेवारिसे अबस्थामा हिडिरहेकाहरुलाई उपचार गरेर परिवारमा पुनर्मिलन गराउने कार्य गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार अहिलेस्म्म ६० भन्दा बढिलाई उपचार पछि पुनस्र्थापना गरिएको छ । “हामीले ल्याएर उपचार गछौं, खाना, वास दिन्छौं”, उहाँले भन्नुभयो“ सन्चो भएर घर थाहा पाउने भएपछि परिवारको जिम्मा लगाउछौं, सोही अनुसार अहिलेसम्म ६० जनालाई परिवारमा मिलन गरिसकेका छौं ।” पुनर्मिलन पछि स्वास्थ्यका बारेमा फलोअप पनि हुने गरेको उहाँको भनाई छ ।

अहिले पनि संस्थामा ८३ जनालाई आश्रय दिइरहेको उहाँले बताउनुभयो । ति मध्ये केहीलाई छिटो सञ्चो हुने र केहीलाई २÷३ बर्षसम्म पनि सञ्चो नहुँने अबस्था आउने गरेको समेत प्रमुख अधिकारीले बताउनुभयो ।


वडा कार्यालय, प्रहरीलगायतले पनि अहिले त्यस्ता ब्यक्तीहरुलाई आश्रममा ल्याइदिने गरेको उहाँले बताउनुभयो । उक्त संस्था तुलसीपुरमा गएको २०७८ मंसिरमा स्थापना भएको हो ।

अहिले सरकरले १५ प्रतिशत सम्म संस्थालाई सहुलियत दिएको भएपनि बाँकी बिभिन्न सहयोगीदाताहरु मार्फत नै सहयोग संकलन गरेर सेवा प्रदान गर्ने गरिएको प्रमुख जोशीको भनाई छ । साभारः अग्रिम साप्ताहिक