मावि सेन्टरका शिक्षक र व्यबस्थापन समितिले बोर्डिङ्ग स्कुल पढाउन नपाइने

तुलसीपुर,२७ चैत ।
दाङको तुलसीपुर स्थित एक सामुदायिक विद्यालयका शिक्षक र ब्यबस्थापन समितिका सन्तानलाई सामुदायिक विद्यालयमै पढाउनु पर्ने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टरका विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष, सदस्य, शिक्षक अभिभावक संघमा आबद्ध तथा शिक्षकहरुले सोही विद्यालयमै पढाउनु पर्ने निर्णय गरेको छ । विद्यालय ब्यबस्थापन समितिको आईतबार बसेको निर्णय अनुसार अनिवार्य सामुदायिक विद्यालयमै पढाउनु पर्ने निर्णय गरेको हो ।

विद्यालयका प्रधानाध्यापक भागवत पौडेलका अनुसार सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधारकालागि समिति, शिक्षक तथा संघमा आबद्धहरुले सोही विद्यालयमा पढाउनु पर्ने निर्णय भएको बताए ।
यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउने प्रधानाध्यापक पौडेलको भनाई छ । यदि सामुदायिक विद्यालयमा नपढाउने भएमा अन्यत्र विद्यालयमा सरुवाकालागि सहजीकरण गर्ने समेत निर्णय भएको उनले बताए । साथै आगामी शैक्षिकशत्रदेखि तीन उद्दार कक्षा उन्नतीलाई पूर्ण रुपमा बन्द गरेर ‘फियर’ रिजेल्ट निकाल्ने तयारी रहेको समेत उनको भनाई छ । विद्यार्थीहरुलाई सक्षमताका आधारमा कक्षा बृद्धि गर्दा नै त्यसले शैक्षिक उपलब्धी हाँसिल हुने प्रधानाध्यापक पौडेलले बताए ।

तीन माध्याममा पढाई
विद्यालयले आगामी वर्षदेखि तीन तहमा पठन–पाठन गराउने समेत तयारी गरेको छ । नेपाली माध्याम, मध्याम अंग्रेजी र बिशिष्ट खालको अंग्रेजी माध्याममा पठन–पाठन गराउने समेत प्रधानाध्यापक पौडेलले बताए । त्यसो गर्न सकेमा अभिभावकको माग अनुसार शिक्षा प्रदान हुने उनको भनाई छ । शिशु,एलकेजी र युकेजीमा २५/२५ जना, कक्षा १ देखि ५ सम्म ३०/३० जना र ६ देखि माथि ४०/४० जनालाई त्यस्तो शिक्षा दिने तयारी रहेको उनको भनाई छ ।

बिशिष्ट खालको अंग्रेजी पढाईकालागि कक्षा ६ देखि माथिका विद्यार्थीहरुलाई एक हजार देखि १५ सयसयसम्म शूल्क लिने प्रधानाध्यापक पौडेलले बताए । ति कक्षाकालागि शिक्षकहरु पनि बाहिरबाट ल्याउने उनले बताए । बिशिष्ट खालको शिक्षाकालागि एसी, एड्भान्स ल्याप्टपसहितको कक्षा ब्यबस्थापन गरिएको छ । त्यस्तै विद्यार्थीकालागि सानो भ्यान समेत खरिद गर्ने तयारी रहेको छ ।


खेलमा पनि सक्रिय
उक्त विद्यालय खेल क्षेत्रमा पनि सक्रिय छ । कराते,तेक्वान्दो,भलिबल, एथ्लेटिक्स, फुटबलको प्रशिक्षक राखेर खेल खेलाउने गरिएको छ । त्यसले परिणाम दिन थालेको समेत प्रधानाध्यापक पौडेलले बताए ।

संगीतको कक्षा चलिरहेको छ । जसबाट विद्यार्थीहरुले संगीत गरेर आम्दानी पनि गरिरहेका छन् । पठन पाठनकार्लाि डायरी सिस्टम लागु भएको छ । जसमा कुन शिक्षक कति बजे पढाउन गएको, कति बजे निस्केको, कति बुझेको जस्ता कुराहरु त्यो डायरीमा टिप्ने उनले बताए ।

पाँच प्राबिधिक विषय पनि अध्ययन
विद्यालयमा पाँचवटा प्राबिधिक कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । जेयोमेटिक डिप्लो, आईटी डिप्लोमा , इलेक्ट्रिकल ९–१२, इलेक्ट्रिकल र आइटीमा २४ महिने कक्षाहरु सञ्चालन भइरहेका छन् । आगामी शैक्षिक शत्रदेखि कक्षा ११ र १२ मा विज्ञान विषय पनि पठन–पाठन गराउने तयारी रहेको प्रधानाध्यापक पौडेलले बताए ।

उक्त विद्यालय तुलसीपुर बजार क्षेत्रको राम्रो सामुदायिक विद्यालय हो । जहाँ विद्यार्थी भर्ना समेत पाउने अबस्था छैन । कक्षा क्षमता भन्दा बढि विद्यार्थी आएमा भर्ना रोक्ने अबस्था आउने गरेको प्रधानाध्यापक पौडेलले बताए । साभार: अग्रिम  साप्ताहिक