दाङका रावत नेपाल चलचित्र संघको पश्चिमाञ्चल सभापतिमा चयन

शिव पुन
दाङ,२७ चैत । प्रदर्शक तथा वितरकहरुको छाता संस्था नेपाल चलचित्र संघको पश्चिमाञ्चल सभापतिमा दाङका विजय रावत चयन भएका छन् । चैत १७ गते काठमाडौमा सम्पन्न संघको ४९ औं वार्षिक साधारणसभा तथा महाधिवेशनबाट अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका थिए । सोमबार बसेको महर्जन नेतृत्वको नयाँ कार्यसमिति बैठकले रावतलाई पश्चिमाञ्चल सभापतिमा चयन गरेको हो।

युवा व्यवसायी रावतले करिव २० करोडको लगानीमा दाङको नारायणपुरमा भिएफएक्स सिनेमाज सञ्चालनमा ल्याएका छन् । गत असोज महिनाबाट सञ्चालनमा आएको सिनेमा हल दाङ जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल हो।


यस्तै सोमबार संघका अध्यक्ष नरेन्द्र महर्जनको अध्यक्षता बसेको संघको पहिलो बैठकले निर्वाचित सदस्यहरुको कार्य विभाजनसमेत गरेको छ। जस्अनुसार :-
अध्यक्ष-नरेन्द्र महर्जन, प्र.उपाध्यक्ष-गोपालकाजी कायस्थ द्वि.उपाध्यक्ष-कपिलप्रसाद द्वा
तृ. उपाध्यक्ष- ओम प्रकाश जैसी
महासचिव-सुरेन्द्र कु. थापा
उपमहासचिव- दिप्रश शाक्य
कोषाध्यक्ष- प्रज्वल शमसेर राणा र कार्यसमिति सदस्यहरुमा देवेन्द्र खड्गी, राजकुमार श्रेष्ठ, गोबिन्द शाही, छविराज ओझा, निरज गुप्ता,करण श्रेष्ठ, आशिष् तामाङ्ग, मिजास पोखरेल, महेन्द्र नारायण श्रेष्ठ ।

२०१३ सालमा स्थापना भएको चलचित्र संघ फिल्म क्षेत्रकै सबैभन्दा पुरानो संस्था हो ।