राप्ती गाउँपालिका स्तरीय सहिद,बेपत्ता,घाइते र अपांग परिवारहरुको प्रथम भेला सम्पन्न

देउखुरी, २४ भदौ ।
राप्ती गाउँपालिका स्तरीय सहिद,बेपत्ता ,घाइते र अपांग परिवारहरुको प्रथम भेला शनिबार मौरीघाटमा सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको आयोजनामा सम्पन्न भेलाले दुर्गा बहादुर खैकला मगरको संयोजकत्वमा १५ सदस्य गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ। जसको सह–संयोजकमा चिसमाया रोका र सचिवमा नारायण पौडेल रहनु भएको छ।

त्यस्तै अन्य सदस्यहरुमा वीर बहादुर पुन,आसविर घर्ती ,शान्ति रोका,नुमादेवि थापा ,टुकमान विष्ट,कृष्ण घर्ती ,गिर प्रसाद न्यौपाने,पदम नारायण चौधरी,हुकुम बहादुर सन्यासी,सन्तुदेवि रावत ,केमीसरा पुन र कृष्णबहादुर पुन रहनु भएको छ।

भेला नेकपा माओवादी केन्द्र राप्ती गाउँकमिटीका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता एवम् पार्टीका लुम्बिनी प्रदेश कमिटीका सचिव कृष्ण अधिकारी ‘प्रकाश’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

सो अवसरमा बोल्दै सचिव अधिकारीले सहिद,बेपत्ता ,घाइते र अपांगहरुको योगदानबाटै राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ।


सहिद,बेपत्ता ,घाइते र अपांगहरुको योगदानबाटै राजनीतिक परिवर्तन सम्भव भएको हो-सचिव अधिकारीले भन्नुभयो ‘राजनैतिक परिवर्तनकै कारण देशको व्यवस्था परिवर्तन भए पनि जनताहरुको अवस्था परिवर्तन भएको छैन अब अवस्था परिवर्तन गर्न सबैको हातेमालो हुन आवश्यक छ ।’

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका सचिव अधिकारीले केन्द्रमा माओवादी पार्टीको बहुमतको सरकार नहुुदा सहिद,बेपत्ता ,घाइते र अपांगहरुका कतिपय मागहरु पूरा हुन नसकेको बताउनुभयो ।

भेलामा पार्टीका जिल्ला सदस्य तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,रण प्रसाद सुवेदी ,पार्टीका गाउँपालिका उपाध्यक्ष रण बहादुर पुजाली,थारु मुक्तिमोर्चाका गाउँकमिटी अध्यक्ष तथा २ नं. वडा अध्यक्ष पहलवान, चौधरी लगायतका वक्ताहरुले देशको व्यवस्था परिवर्तन गर्न सहिद,बेपत्ता ,घाइते र अपांगहरुको योगदानको चर्चा गर्दै पार्टीले त्यस्ता परिवारहरुको सम्मान गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो।

पालिका भरिका सहिद,बेपत्ता ,घाइते र अपांगहरुको परिवारका सदस्यहरु सहभागी रहेको भेलाको सहजीकरण गाउँ कमिटीका सचिव बसन्त नेपालीले गर्नु भएको थियोे ।