लुम्बिनीमा तीन मन्त्री थप्ने तयारी

दीपक बोहरा
दाङ,२५ चैत ।
लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जाेखबहादुर महराले आइतबार तीन मन्त्री थप्ने तयारी गरेका छन् । एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दिपेन्द्र पुन र जसपाबाट भण्डारी लाल अहिर मन्त्री बन्न थालेका हुन्।
मुख्यमन्त्री महराले आज दिउसाे पद तथा गोपनियताको सपथ लिएसँगै नयाँ मन्त्री थप्ने तयारी गरेका हुन्। उनीहरुलाई पनि आजै पद तथा गोपनियताको शपथ ग्रहण गराइनेछ । माओवादीका महरालाई एमाले, नागरिक उन्मुक्ति पार्टी, जसपा, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदले समर्थन गरेका छन्। उनीलनई हाल ४८ सांसदले समर्थन गरेका छन्।