चौरजहारीमा काँग्रेस–एमालेको गठबन्धन तोड्दै माओवादी विजयी

रुकुम,४ जेठ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेस –एमालेको गठबन्धनलाई तोड्दै माओवादीका पुष्प वादी प्रमुखमा जितेका हुन् ।


यस्तै उपप्रमुखमा पनि माओवादीकै इश्वरी शर्मा विजयी भएकी छन् । प्रमुखमा विजयी वादीले ६ हजार ८ सय ८२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका प्रेमबहादुर वलीले ६ हजार ३ सय ११ मत पाए । ०७४ मा माओवादी केन्द्रका बिशाल शर्माले ५ हजार ४२० मत ल्याएर निर्वाचित भएका थिए ।

उपप्रमुखमा निर्वाचित शर्माले ७ हजार २ मत पाएर विजयी भएकी हुन् । एमालेका टंकप्रसाद ओलीले ५ हजार ७ सय ४४ मत पाए । नगरपालिकाका १४ वटा वडाहरुमध्ये १२ वटा माओवादी र दुई वटा काँग्रेसले जितेको छ ।