मारमा होटेल ब्यबसायी

तुलसीपुर, २५ चैत । दाङका होटेल ब्यबसायीहरु मारमा छन् । होटेल सञ्चालकहरु भाडा तिर्न समेत समस्या हुने गरेको होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष भास्कराज काफ्ले व्यवसायीको लगानी सुरक्षामा राज्यले गर्नुपर्ने बताए । होटेल ब्यसायिहरु आफैमा मारमा परेको अबस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको उनको भनाई छ । “होटेल ब्यबसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो”,उनले भने“यसमा राज्यले चासो दिनुपर्छ ।”

पर्यटन प्रबद्र्धन देखि स्थानीय स्तरको विकासकालागि होटेल ब्यबसायीको भूमिका महत्वपूर्ण रहेको तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले बताए । यसमा होटेल ब्यबसायीहरु एकजुट हुनुपर्ने उनको भनाई छ । अहिले होटेल ब्यबसायीलाई लगानी गर्ने वातावरण समेत नरहेको बस्नेतको भनाई छ ।“धेरै होटेल ब्यबसायीहरु पलाइन भइसके”,उनले भने “अझै पलायन हुने अबस्था जारी छ, अहिले लगानी गर्ने वातावरण पनि छैन ।”

नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष घनश्याम डाँगीले बताए ।“होटेलको भाडा तिर्न समेत सक्ने अबस्था छैन”,उनले भने “व्यबसायी पलायन हुने अबस्थामा छ ।” दाङको तुलसीपुरमा मात्रै पाँच सय बढि होटेल ब्यबसायीहरु छन् । तर, अधिकांस होटेलहरुले भाडा तिर्न समेत नसकिरहेको तुलसीपुर होटेल ब्यबसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतेले बताए ।


तुलसीपुर होटल व्यवसायी समितिले नवौँ साधारणसभा तथा २०८१ सालको को भितेपात्रो बिमोचन कार्यक्रममा बक्ताहरुले यस्तो बताएका हुन् । बक्ताहरुले युवाहरु सबै विदेश पलायन हुँदा पनि होटेलमा खाने मान्छे नहुँने गरेको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन बोर्ड सदस्य जनकप्रसाद खराल, कार्यक्रममा तुलसीपुर–५ का सदस्य भिम बहादुर केसी, तुलसीपुर–८ का सदस्य तुलप्रसाद खराल, तुलसीपुर चेम्बर अफ कमर्शका कोषाध्यक्ष युवराज नेपाली, नेपाल उद्योग व्यापार संघका होताराम आचार्यलगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

उपाध्यक्ष दोर्ण आचार्यको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव तुफान केसीले गरेका थिए ।