राप्ती गाउँपालिकाकी उपाध्यक्ष चौधरी र शिक्षा शाखा प्रमुख विकद्वारा पुस्तकालयको अवलोकन

तुल बहादुर कवँर मगर
देउखुरी, २३ चैत ।
दाङ देउखुरी राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापती चौधरी र शिक्षा शाखा प्रमुख विश्वास विकले दुर्गा भवानी आधारभूत विद्यालय मसुरीयामा हालै स्थापना गरिएको पुस्तकालयको बिहीबार अवलोकन गर्नुभएको छ।

पुस्तकालयको स्थापना गरि विद्यार्थीहरूलाई सहजरूपमा विभिन्न प्रकारका पुस्तक अध्ययन सुविधा प्रदान गर्ने र उनीहरूको चौतर्फी ज्ञानको विकास गर्ने उदेश्यले पुस्तकालय स्थापना गरिएको विद्यालयका प्रधानाध्यापक सूर्यप्रकाश भण्डारीले बताउनुभयो ।

संघीय सरकारको चालु आर्थिक वर्ष २०८०/८१ को सामुदायी विद्यालय तर्फ पुस्तकालय स्थापना तथा व्यवस्थापन कार्यक्रम अन्तर्गतको करिब ६ लाख ५० हजार रुपैयाँमा पुस्तकालय स्थापना गरिएको राप्ती गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वास विकले जानकारी दिनुभयो ।


सो अवसरमा उपाध्यक्ष चौधरीले विद्यालयको हालको शैक्षिक तथा भौतिक अवस्थाको बारेमा जानकारी लिनु भएको थियोे ।

त्यस्तै शाखा प्रमुख विकले पुस्तकालयलाई आगामी दिनमा अझ व्यवस्थित गर्दै ई पुस्तकालयको रुपमा विकास गर्न आवश्यक रहेको बताउदै विज्ञान प्रयोगशाला स्थापनाका लागि पनि पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो ।

पुस्तकालयमा नेपाली ,अङ्ग्रेजी शब्द कोष,कथा ,कविता ,निबन्ध लगायत विभिन्न ३ सय ७० प्रकारका २ हजार बढी पुस्तकहरु रहेको शिक्षक टोमलाल गैरेले जानकारी दिनुभयो।