दंगीशरणमा ३३ औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

दंगीशरण, २५ मंसिर ।
दंगीशरण गाउँपालिकाले ३३ औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको मङ्गलवार एक कार्यक्रमकाविच समापन गरेको छ । गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आथित्यतामा १६ दिने अभियानको समापन गरीएको हो । ‘हामि सवैको प्रतिबद्धता, लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने उदेश्यका साथ अभियानको उद्घाटन गरीएको हो ।

समापन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले कुनैपनि प्रकारले हुने लैंगिक हिंसा अन्त्य हुनुपर्ने बताउनुभयो । समयको विकाससङ्गै परिवर्तितत समाजमा लैंगिक हिंसाहुनु दुःखद रहेको बताउनुभयो । कुनैपनि ठाउँम लैंगिक हिंसा कहिकतै देखे चुप लागेर बस्ननहुने बताउनुभयो ।

यस्तै समापन अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले अझै पनि कतिपय ठाउँमा लिङ्गको आधारमा हिंसा हुने गरेको बताउनुभयो । पछिल्लोसमय महिला हिंसा सङ्गसङ्गै पुरुषहरु पनि हिंसामा पर्ने गरेको बताउनुभयो । अब हरेक ठाउँमा यो या त्यो बहानामा लैंगिक हिंसा हुन नदिन सवैजना आ–आफ्नो ठाउँमा लाग्नुपर्ने बताउनुभयो ।


महिलामाथि हुने हिंसा र मानव अधिकार हननका विरुद्ध मनाइने १६ दिने अभियान अन्तर्गत आज मंगलबार हरेक स्थानिय तहमा कार्यक्रमहरु गरी मनाइएको हो । अभियान समापन अवसरमा कार्यपालिका सदस्य शितरा नेपाली, वडा नं. २ का वडा अध्यक्ष डम्बर खत्री, प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर नेपाली लगायतले लैंगिक हिंसाको १६ दिने अभियान कहिलेदेखि मनाउन थालियो,लैंगिक हिंसा भनेको के हो भन्नेवारे प्रष्ट पार्नुभएको थियो ।

१६ दिने अभियानको समापन कार्यक्रम महिला बालबालिका साखा प्रमुख सुनकुमारी घर्तीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण शिक्षा युवा तथा खेलकुद साखा सहायक उमा के.सी.ले गर्नुभएकोथियो ।