रोल्पामा धारिलो हतियार प्रयोग गरी श्रीमानले गरे श्रीमतीको हत्या

तुलसीपुर, १३ फागुन । रोल्पामा धारिलो हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणि गाउँपालिका वडा नंबर ६ थुम्का निवासी ४० वर्षीय खिम बहादुर बुढामगरले आफ्नै श्रीमती ३२ बर्षकी अस्मिता बुढामगरलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खिम बहादुरले श्रीमतीको घाँटीमा खुकुरीले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।

मरनासन्न हुने गरी शक्त घाईते बनाएको भनि जानकारी प्राप्त हुन साथ प्रहरी चौकी जुगारबाट प्रहरी नायव निरीक्षक दिवश हिताङको कमाण्डमा ४ जना र ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट प्रहरी निरीक्षक सरोज प्रजापतिको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा पुगेका थिए ।


खिम बहादुर बुढामगर र खुकुरी प्रहरीको नियण्त्रणमा रहेको प्रहरीले जनाएको छ । के कारण घटना भएको हो भन्ने बारे स्पष्ट हुन नसकेको र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।