घनश्यामबाट पराजित गेहेन्द्रलाई टिकाराम कति सहज ?

दीपक बोहरा

तुलसीपुर ,२१ बैशाख।

२०७४ सालमा भएको स्थानीय निर्वाचन, जतिबेला काँग्रेस एकजुट भएको भए, त्यतिबेलै जित निश्चित थियो । काँग्रेसले त्यस्तो संगठन तुलसीपुरमा निर्माण गरेको थियो । तर, परिणाम ठीक उल्टो आयो । काँग्रेसको राजनीतिसंग प्रत्येक्ष जोडिएका एक नेता भन्छन्‘०७४ मै हामीले जित हात पार्न सक्थ्यौं, तर काँग्रेसभित्रै एकता हुन नसक्दा त्यतिबेला जित हात पार्न सकिएन ।’ जतिबेला एमालेका घनश्याम पाण्डेले काँग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ९ सय ५३ मतान्तरले हराएका थिए ।

त्यो निर्वाचनमा काँग्रेसको मत घनश्यामलाई गएपछि उनले जितेको काँग्रेसकै नेताहरुको बिश्लेषण छ । जतिबेला गेहेन्द्र गिरी र दीपक गिरीबीच विवाद थियो । त्यसैले पनि गहेन्द्रको पोल्टामा निर्वाचन पर्न सकेको थिएन । तर, अहिले त्यो भन्दा सहज रहेको नेताहरुको बिश्लेषण छ । माओवादी केन्द्रका प्रबक्ता कृष्णबहादुर महराले पनि गठबन्धनका कार्यकर्तालाई प्रशिक्षण दिदै गठबन्धनले अधिकांस ठाउँमा जित हात पार्ने बताए । अहिले पाँच दलिय गठबन्धन छ । त्यो गठबन्धन पनि जितको एउटा आधार छ ।

अर्को तर्फ काँग्रसबीचको द्वन्द पनि अन्त्य भएको छ । त्यसले गर्दा पनि जितको आधार तयार भएका नेताहरुको भनाई छ ।‘दीपक गिरीलाई संघमा चुनाब लड्नु छ, त्यसैले पनि अहिले गेहेन्द्रलाई जिताउन आफ्नो ज्यूूज्यान फालेर लाग्नुहुन्छ’, ति नेताले भने‘गेहेन्द्रले हारेमा दीपक गिरीलाई पनि अफ्टेरो पर्न सक्छ, त्यसैले यो चुनाबमा गुटको लडाई छैन ।’ यो कुरा दिपक गिरीको कार्यकर्ता प्रशिक्षणमा दिएको भाषणले पनि प्रष्ट पार्छ ।‘अहिलेको यो लडाई प्रतिगमणका विरुद्धको लडाई हो’,उनले भने‘यो ब्यबस्था जोगाउने लडाई हो, त्यसैले जसरी भएपनि गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्छ ।’

एमालेले पनि केही जित्ने आधार प्रस्तुत गर्छ । टिकाराम खड्का सादकी नेता भएको, सर्वहारा बर्गको नेता भएकाले उनले जित्न सक्ने एमाले नेताको आँकलन छ । तर, एमालेको फुटपछि एकीकृत समाजवादीमा पनि धेरै नेताहरु सक्रिय भएको, टिकेट वितरणमा असन्तुष्टि जनाउनेहरु पनि रहेकाले त्यसले २०७४ जस्तो बलियो भएर आउनकालागि अझै मेहनत आबश्यक पर्ने एमालेका एक नेता बताउछन् । एमालेले गठबन्ध भित्रका असन्तुष्टि नेतालाई हातमा लिएर जित्ने रणनीतिमा देखिन्छ । जो २०७४ को रणनीति हो ।

अकं गणितलाई हेर्दा २०७४ मा एमालेका घनश्याम पाण्डेले २२ हजार ८ सय ५६ मत ल्याएका थिए । उनका निकटतम प्रतिद्वन्दी गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ र माओवादी केन्द्रका सेशुराम भण्डारीले ८ हजार ६ सय ९३ मत ल्याएका थिए । काँग्रेस र माओवादीको मत जोड्दा २७ हजार पाँचसय ९६ हुन आउँछ । जो एमालेका पाण्डेको भन्दा ४ हजार ७ सय ९३ हुन आउछ ।

को हुन्, गेहेन्द्र गिरी
केटौले जोवनमै धुरन्धर राजनीतिमा जोडिएका कर्मठ राजनितिक व्यक्तित्वको नाम हो गेहेन्द्र गिरी । हाल तुलसीपुर उपमहानगरपालिका-५ स्थाइ बसोबास भएपनि उनको जन्म भने घोराहीको सेवार बनगाउमा भयो, विसं २००८ सालमा । नेपालमा प्रजातन्त्रको उदय भएको करीव एक बर्षपछि जन्मिएका गिरी एउटा चतुर राजनीतिक व्यक्तिका रुपमा उदाइरहंदा इश्र्या गर्नेहरु पनि कम थिएनन्, उनको सर्कलमा ।

बुवा देवी प्रसाद गिरी घोराही मालपोत कार्यालयमा मुखिया थिए । जागीरको क्रममा उनको परीवार त्यो वेला सेवार बनगाउमै बस्थ्यो, त्यहि जन्मिए गेहेन्द्र । प्राथमिक शिक्षा सेवार बनगाउ तथा घोराहीकै भरतपुरमा कक्षा ८ सम्म पढेपछि उनको माध्यमिक तहको पढाइ तुलसीपुरको मेहन्द्र हाइस्कुलमा भयो । त्यसो त उनले मेट्रिक र आइए भने भारतबाट उत्तीर्ण गरे । राजनितिलाइ सक्रिय बनाउंदै जांदा उनको त्यसभन्दा माथिको अध्ययनमा ब्रेक लाग्यो । त्यसो त गेहेन्द्रको पारीवारीक पृष्ठभुमि पनि नेपाली कांग्रेससंगै जोडिएको थियो । त्यसैको प्रभावले उनी पनि सानै उमेरमा सक्रिय राजनीतिमा अग्रसर हुन पाए । खासमा उनको राजनीतिक यात्रा सुरु भएको थियो विसं २०२३ शालदेखि । जुनवेला उनी तुलसीपुरको महेन्द्र हाइस्कुलमा अध्ययन गर्थे । ‘त्यो वेला म कक्षा ९ मा पढ्थे, त्यहि स्कुलमा पढाउने शिक्षक पश्चिम दाङको भमकेका नेमकान्त दाहालले राजनितिको कखरा सिकाउनुभो मलाइ’, गेहेन्द्र सम्झन्छन् । उनले आफ्नै औलाको रगतले सेतो कागजमा ल्याप्चे लगाएर राजनितिको कशम खाए । ‘तन मन र धनले म पार्टिको काममा लाग्ने छु, मैले पार्टिको गोपनियता कहिकतैपनि भंग गर्ने छैन’ लेखिएको कागजमा रगतको ल्याप्चे लगाएर राजनितिमा प्रवेश गरेको हुं, गेहन्द्रले भने, औलामा कांढाले गोवेर रगत निकालेर ल्याप्चे लगाएको थिए ।

कम्ति असहज थिएन, त्यो वेला राजनिति गर्न । जताजतै सिआइडि हुन्थे । बसमा, चोकमा, चौतारामा जताजतै सिआइडि छरीएका हुन्थे, अन्चलाधिसका । त्यतिवेला राजनितिमा लागेकाहरुलाइ क र का भन्ने गरीन्थ्यो । क भनेको कम्युनिष्ट, का भनेको कांग्रेस । क र कालाइ सरकारले अराष्ट्रिय तत्व भन्थ्यो । खोजीखोजी कारावास हाल्थे । कांग्रेसको राजनितिमा जोडिएकै वेला बल्ल नेविसंघ गठन भयो । अर्थात विसं २०२७ शालमा गेहेन्द्र नेविसंघको राजनितिमा जोडिए । हामी त्यो वेला महेन्द्र हाइस्कुलमा पढ्थ्यौं, पढाउने सवै शिक्षक इन्डियन भएकाले उनीहरुलाइ खासै राजनितिमा चासो थिएन । हामी निर्धक्क राजनिति गथ्यौं’, गेहेन्द्र स्मरण गर्छन, मेरो बाजे चित्रवीर गिरी कांग्रेसी भएको नाताले म पनि कांग्रेसकै राजनितिमा जोडिएं । विसं २०२४ शालदेखि गिरीको सक्रिय राजनितिक यात्रा सुरु भयो । त्यो वेला दाङ कम्युनिष्टमय थियो । यहांका सवै पुजिपती प्राय कम्युनिष्ट थिए । रामनारायण श्रेष्ठ यहांका चतुर अन्चलाधिस । उनले कम्युनिष्ट र कांग्रेस छुट्टयाउने तरीका पनि गजवको थियो । कम्युनिष्टहरु पाइन्ट सर्ट लगाउंथे, कांग्रेसहरु पाइजामा लगाउंथे प्राय । पाइन्ट लगाउनेहरुले उठेरै पिसाव फेर्थे, कांग्रेसहरु पाइजामा लगाउने भएकाले बसेर पिसाव फेर्थे । त्यहि कारण अन्चलाधिसले उठीउठि पिसाव फेर्नेलाइ कम्युनिष्ट भनेर चिन्थे, बसेर फेर्नेलाइ कांग्रेसी भनेर ।

‘त्यसपछि हामीले महेन्द्र हाइस्कुलमा संगठन गर्न थाल्यौं, कांग्रेस र कम्युनिष्ठबीच त्यहि वेलादेखिनै दिनदिनै झडप हुन्थ्यो । किनकि यहां कम्युनिष्ठको विगविगि थियो, नारायणपुर एरीया त पुरै कम्युनिष्ठहरुको । कांग्रेसीहरुलाइ नारायणपुर क्रसगर्नै मस्कील हुन्थ्यो, त्यो वेला’, गेहेन्द्र सम्झन्छन्, हरेक दिन झडपै झडप । उता कांग्रेस कम्युनिष्ठबीच झडम, अर्कातीर अन्चलाधिसको कडा निगरानी, थाना त अस्थाइ वासस्थान जस्तै थियो । कतीपटक हो कतीपटक थानामा थुनिएको ।

गिरी विसं २०३० शालदेखि २०३४ शालसम्म चार बर्ष घोराही कारागारमा बस्नुपर्यो, अराष्ट्रिय तत्वको आरोपमा । त्यो वेला क ले राजाको जयजय गर्थे, का ले राजाको विरोध गथ्र्यौ । त्यसैले कांग्रेसलाइ राजनिति गर्न अलि कठिनै थियो । एक दिन त स्कुलमै प्रहरी खोज्न आयो मलाइ, मसंगै सोधेको थियो, गेहेन्द्र खोइ भनेर । मैले उ नभएको बताएर प्रहरीलाइ फर्काएको थिएं ।

त्यसपछि भारतको वनारस गएर फेरी आप्रवासि विद्यार्थिको संगठनमा जोडिए गिरी । त्यहां कांग्रेसका अग्रज नेताहरुसंग संपर्क हुन पुग्यो गिरीको । त्यसपछि हामीले त्यहि बसेर तुलसीपुरको बाणिज्यबैंकबाट पैसा लुट्ने प्लान गरेका थियौं । मैले त्यहि योजना गिरीजा प्रसाद कोइरालालाइ बताएको थिएं । ुतर पछि हामीले त्यसलाइ ब्रेक गर्यौै । त्यो वेला यहांका अन्चलाधिस चन्द्रमान थकालि थिए । त्यो वेला ७ बर्ष जेल र ७ हजार जरीमाना तोक्यो । पर्चा पम्प्लेट, राजद्रोह, लगायतका ५वटा मुुद्धा लगाइए । मैले नेपालगन्जमा पुनरावेदन अदालतमा अपिल गरेपछि ४ बर्षमै रिहा भएको थिए’, गिरीले स्मरण गरे ।


खरो राजनितिमा सक्रिय गेहेन्द्र गिरी विसं २०३६ शालमा नेविसघ दाङकों जिल्ला सभापति बने । विसं २०४९ शालमा नेपाली कांग्रेस दाङको जिल्ला सभापति बने । फेरी वलदेव मज्गैयाले बीचमै जिल्ला सभापतिबाट राजिनामा दिएपछि भएको जिल्ला अधिवेशनमा पनि गेहेन्द्र गिरीनै चुनिए । विसं २०५८ सम्म उनले जिल्ला सभापतिको नेतृत्व सम्हाले । विसं २०५६ शालको संसदिय निर्वाचनमा उनी सांसदमा निर्वाचित भए । त्यसो त गिरी कांग्रेसको अघिल्लो तेह्रौ महाधिवेशनमा तुलसीपुर नगर सभापतिमा पनि निर्वाचित भए । भर्खरै सम्पन्न चौधौं महाधिवेशनमा उनी केन्द्रिय सदस्यमा निर्वाचित भए । विसं २०७४ शालको स्थानिय निर्वाचनमा तात्कालिन एमालेका उम्मेदवार घनश्याम पाण्डेसंग झिनो मतान्तरले तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पराजय भोगेका गिरी आसन्न स्थानिय तहको निर्वाचनमा गठवन्धनको तर्फबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरका उम्मेदवार बनेका छन् ।

को हुन्, टिकाराम खड्का
तुलसीपुर १८ अक्कासी निवासी टिकाराम खड्का एमालेका लुम्बिनी प्रदेश सचिबालय सदस्य हुन् । उनको ऐलानी जग्गामै घर बनाएका छन्, सानो बारी छ । त्यो भन्दा अन्त कही पनि जग्गा नभएको उनी बताउछन् ।‘मेरो जग्गा यत्ति हो, यो पनि ऐलानी हो’,उनले भने ‘ वुवाले जोतभोग गरेको ५÷७ कठ्ठा ऐलानी जग्गा छ, त्यही जग्गामा उनीहरुले जोतभोग गर्दै आएका छौं ।’

२०७२ सालमा उनी एमाले दाङको अध्यक्ष भएका थिए । त्यसपछि नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भइ बनेको नेपाल कम्युनिष्ट पार्टीको पनि जिल्ला अध्यक्ष नै थिए, भने यी दुई पार्टी पुरानै अबस्थामा गएपछि पनि उनी एमाले दाङको अध्यक्ष नै बने । तर, उनले पार्टी र जनतालाई नै प्राथमिकता दिए । उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनकै नेतृत्वमा दाङको दुई उपमहानगरपालिका, एक नगरपालिकासहित तीनवटा गाउँपालिकामा विजयी हाँसिल गर्न सफल भएको थियो । त्यतिबेला एमालले दाङका ६ वटा स्थानीय तहमा जित हाँसिल गरेको थियो । उनी सादकी नेता पनि हुन् । उनको बोलचाल, सबैलाई गर्ने समान ब्यबहारले नेतृत्वमा हुनुपर्ने गुण झल्काउने गर्छ ।

महराका समकक्षी हुन् खड्का
२०४८ सालमा तत्कालिन नेकपा मशालका राल्पा जिल्ला सेक्रेटरी कृष्णबहादुर महरा हुँदा खड्का पनि तत्कालिन नेकपा (माले)को जिल्ला सेक्रेटरी थिए । उनी रोल्पाको सेक्रेटरी हुँदा २०५१ सालमा भएको मध्यावधी निर्वाचनमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए । त्यतिबेला राप्रपाका बलाराम घर्तीले उनलाइ पराजित गरेका थिए । त्यसपछि उनलाई २०७४ सालमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट समानुपातिक उम्मेदवार बनाईएको थियो । तर, समानुपातिक सांसदमा महिला, जनजातिलाई प्राथमिकता दिनुपर्ने भएपछि समानुपातिकमा पनि उनी परेनन् । उनले एकपटक राजनीतिक नियुक्त पाएका छन् ।

२०७२ सालमा उनी सुकुम्वासी समस्या समाधान आयोग दाङको अध्यक्ष समेत भए । तर, त्यसमा लामो समय काम गर्न पाएनन् । ३ महिना मात्रै काम गर्ने अवसर पाए । त्यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री भएको अबस्थामा उनले राजनीतिक नियुक्ती पाएका थिए । तर, तीन महिनामै आयोगका सन्दर्भमा मुद्दा परेपछि अदालतले कामकाज अगाडी नबढाउन भनेपछि त्यतिकै रोकियो ।
गरीव परिवारमा हुर्किए ।

पार्टी भित्र होस्, वा राजनीतिक एजेण्डामा नियमित संघर्ष गर्दै आएका खड्काले घर–परिवार भित्र पनि निकै संघर्ष गर्नुप¥यो । रोल्पाको साबिक डुबिङ् ७ हाल घोराही ११ चाँचला भन्ने स्थानमा २०२३ मंसिर २० गते जन्मिएका खड्काले आमा सुन्तली खड्काको काखमा लामो समय रमाउन पाएनन् । उनले आफू एक बर्षको हुँदा आमा गुमाउनु परेको थियो । आमा नहुँदा वुवाको शाहारामा रहेका खड्काले आफ्नो पूरा बाल्यकाल वुवा रुद्रविर खड्काको काखमा पनि विताउन पाएनन् । आफू १४ बर्षको हुँदा वुवालाई गुमाउनु परेको थियो ।

त्यतिबेला उनको परिवारमा उनी र उनकी दिदी मात्रै थिइन । वुवाआमालाई गुमाएपछि उनले १४ बर्षदेखि निकै संघर्ष गर्नु प¥यो । जमिनदारको घरमा हलि बसेर गुजारा गर्नुपर्ने अबस्था थियो । उनको युवा अबस्था हलि बसेर वित्यो । हलि बसेर पढ्ने र आफ्नो गुजारा चलाउने गरेका थिए । प्रारम्भिक शिक्षा प्राबि भित्रि संक्राम र कक्षा १० सम्मको अध्ययन जनता संस्कृत माध्यामिक विद्यालय विजौरीमा लिए । त्यसपछि उनले भारतको गोरखपुर भारतबाट एसएलसी पास गरे । भारतमा काम गर्दै पढ्दै गरेका खड्काले भारतबाटै कमाएर घरको २५ हजार ऋण तिर्न सफल भएका थिए । आफू राजनीतिक जीवनमा नआउँदासम्म उनले अर्काकै हलि बनेर काम गर्नुपरेको थियो । जब राजनीतिमा लागे, त्यसपछि पढाई पनि थाँति राखेर पूर्ण कालिन राजनीतिमा सक्रिय भएका थिए ।

२०३६्/०३७ सालको विद्यार्थी आन्दोलनबाट खड्का प्रभाबित भए । जतिबेला पञ्चायतका विरुद्ध विद्यार्थीहरुले सशक्त रुपमा आन्दोलन गरेका थिए । त्यसबाट प्रभावित भएका खड्का १६ बर्षकै उमेरमा २०३९ सालमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) छौठौं ईकाई समिति सदस्य भए । उनी त्यतिबेला मावि मुरु रुकुममा दौलत घर्तीको नेतृत्वमा इकाइ सदस्य भएका थिए । त्यसयता नियमित सर्वहारा वर्गको मुक्तीकालागि आन्दोलनमै छन् । २०४१ सालमा तत्कालिन पार्टी मालेको भातृ संगठन अखिल नेपाल किसान संघको विजौरी स्तरीय संगठीत सदस्य बनेका उनी, २०४२ सालमा अनेरास्वबियुको जिल्ला कमिटि सदस्य, २०४३ सालमा अनेरास्ववियुको सहसचिव भए । पार्टी निकट भातृसंगठबनमा सक्रिय रहेका उनी पार्टीमा पनि उत्तिकै क्रियाशिल थिए ।

उनले २०४४ सालमा तत्कालिन मालेको सदस्यको उम्मेदवार पनि बनेका थिए । त्यसपछि उनी २०४५ सालमा अखिल नेपाल किसान संघको जिल्ला सदस्य हुँदा देखि नै पूर्णकालिन कार्यकर्ताको रुपमा भूमिगत भएका थिए । त्यही क्रममा उनी २०४६ सालमा देउखुरी उपत्यका ईलाका सचिब हुनुका साथै नेकपा माले जनआन्दोलन संघर्ष समिति दाङ जिल्ला सदस्य भएका थिए ।

त्यही क्रममा उनलाई पार्टीको जिम्मेवारी सम्हाल्न रोल्पा पठाईएको थियो । जनआन्दोलन सञ्चालन गर्न रोल्पा खटाईएका टिकाराम २०४७ वैशाख ९ गते मालेको रोल्पा जिल्ला कमिटि उपसचिब भएका थिए । साथै २०४८ साल जेठ १ मा प्रजातान्त्रिक राष्ट्रिय संघको केन्द्रीय सदस्य भएका खड्का, २०४९ सालदेखि पार्टीको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए । रोल्पा जिल्ला सेक्रेटरीको जिम्मा २०५७ सम्म सम्हालेका थिए । रोल्पामा पार्टी निर्माणमा खड्काको भूमिकाको चौतर्फी प्रशंसा हुनेगर्छ ।

सल्यानको पार्टी निमर्माण गर्न छबिलाल ओलीलाई खटाए झै खड्कालाई रोल्पाको पार्टी निर्माणको जिम्मा थियो । सोही क्रममा खड्का २०५१ सालमा रोल्पा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार समेत बनेका थिए । २०५८ सालदेखि दाङमा नेकपा एमाले राप्ती अञ्चल समन्वय समितिमा रहेर काम गरे, भने २०५९ सालदेखि अखिल नेपाल किसान संघ र २०६४ मा संघका केन्द्रीय सदस्य, २०६७ मा संघको स्थायी कमिटि सदस्य भएका खड्काले २०७२ देखि २०७८ सम्म नेकपा एमाले दाङको नेतृत्व गर्ने अवसर प्राप्त गरेका थिए । मुलुकका दुई कम्युनिष्ट पार्टी (एमाले) र माओवादी केन्द्रबीच भएको एकताका क्रममा पनि उनी जिल्ला अध्यक्ष तथा प्रदेश कमिटि सदस्य भएका थिए ।
लोकेन्द्र विष्ट संगै जेल परेका थिए खड्का
खड्का आन्दोलनकै क्रममा २०४४ सालमा जेलमा परेका थिए । विद्यार्थी आन्दोलनकै क्रममा पूर्वमन्त्री लोकेन्द्र विष्टसंगै उनी खड्का पनि जेल परेका थिए । त्यतिबेला तत्कालिन मसाल निकट अखिल छैठौले पनि आन्दोलनलाई शसक्त बनाएको थियो । अखिल छौठौंको आन्दोलनको क्रममा विष्ट जेल परेको समयमा अखिल पाँचौको आन्दोलनको क्रममा टिकाराम पनि जेल परेपछि उनीहरुलाई घोराहीको जेलमा राखिएको थियो । त्यतिबेला उनीहरु भेट भएको थियो ।

कात्तिकदेखि बैशाखसम्म उनीहरुले जेल जीवन विताए । शान्तिसुरक्षामा मुद्दामा खड्कासंगै मेनका पोखरेल, लक्ष्मी ज्ञवाली, यशोदा सुवेदी र लोकेन्द्र विष्टसंग घोराही जेलमा बसे । जेलमा शिवराज गौतम, विष्णु पोखरेल, डिल्ली अधिकारीसंग भेट भएको पनि याद गर्छन् । खड्काले घनश्याम नेपाली, मेघबहादुर बीसी, युवराज ज्ञवाली, मेनका पोख्रेललाई राजनीतिक गुरु मान्छन् । सामाजिक शोषण दमन, अन्याय अत्याचार नसहने खड्का यसका विरुद्ध विगतदेखि नै लडे भने अन्त्य नहुँदासम्म संघर्ष गर्ने बताउछन् । उनी भन्छन्‘जबसम्म समाजिक विभेद अन्त्य हँदैन, तबसम्म आन्दोलनबाट विश्राम लिदैन् ।’
विवाह बन्धन
२०५१ साल माघ १५ गते उनको झुमा ओलीसंग जनवादी विवाह भयो । अहिले उनका दुइ छोरा छन् । उनका २५ बर्षका जेठो छोरा शुशील खड्का र २३ बर्षका छोरा अनिल कुमार खड्का छन् । दुबै छोरामा वुवाको राजनीतिक प्रभाब परेको छ । छोराहरु पनि अहिले विद्यार्थीको राजनीतिमा सक्रिय छन् । २०५२ जेठ १ गतेदेखि शिक्षण पेशामा आबद्ध खड्काकी श्रीमति झुमा २०६३ माघ १९ देखि स्थायी शिक्षक छिन् । उनकै कमाईबाट परिवार चल्ने गरेको छ । साभार :अग्रिम साप्ताहिक

No description available.