राष्ट्रिय संगीतकर्मी संघ दाङको अध्यक्षमा कडेँल

दाङ,१७ पुस । राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्लाको पुनर्गठन गरिएको छ । जसको अध्यक्षमा श्रीधर कडेल, वरिष्ट उपाध्यक्षमा एचआर मगर, उपाअध्यक्षमा कमल खड्का,वीरबहादुर बिक र दिपक बर्मा, सचिवमा भीम बहादुर वली,सहसचिवमा केशरबहादुर सुनार, सह कोषाध्यक्षमा रमेश जैसीलाई चयन गरिएको छ ।

त्यस्तै प्रवक्तामा के वि वली,सल्लाहकारमा लालमती भण्डारी नियुक्ति भएका छन् । त्यस्तै प्रेस सह संयोजकमा रवि कराला नियुक्ति भएका छन् ।


 दाङ तुलसीपुरमा उक्त भेला भएको हो ।  साथै संगीतकर्मी संघ दाङका अध्यक्ष दीपक ओली,उपाअध्यक्ष उषा दसैती र प्रवक्ता रमेश ओली लुम्बिनी प्रदेशमा नियुक्ति हुनुका साथै र सहसचिव ईश्वर बिसी कार्य व्यस्तताले बाहिर रहेकोले संगीतकर्मी सङ्घ दाङले विदाई तथा सम्मान गरेको छ। उक्त खाली रहेको ठाउँमा पतपूर्ती गरिएको हो ।

त्यस्तै आबद्ध सदस्यहरूमा सन्ध्या खड्का, धनबहादुर ओली, अमृता गिरी , नन्दिका सोनाकार चयन भएका छन् ।   उषा दशौतीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।  दीपक ओलीको अध्यक्षतामा भएको कार्यक्रममा रमेश जैसीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सहजीकरण  भीम बहादुर वली ओलीले गरेका थिए ।