रामप्रसाद सुवेदी
हापुरे,२० चैत ।
दाङको बबई गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालन हुने भनिएको ब्यक्तिगत घटना दर्ता सिविर आजदेखि सुरु भएको छ। बबई गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जिरण शाखाको आयोजनामा आज वडा नम्बर ४ अन्तरगत हस्तनापुरमा सिविर सञ्चालन भएको सामाजिक सुरक्षा तथा पञ्जिरण शाखा प्रमुख बालकृष्ण पाण्डेले जानकारी दिनुभयो ।
शिबिरमा जन्मदर्ता,मृत्युदर्ता,बिवाहादर्ता, सम्बन्ध बिच्छेद,बसाइँसराई जस्ता ब्यक्तिगत घटना दर्ता संगै सामाजिक सुरक्षा भत्ताको लागि समेत आबेदन दिन सकिने बताईएको छ । आज देखि ९ गते सम्म गाउँपालिकाको सात वटै वडाका विभिन्न स्थानमा सिबिर सञ्चालन गरिने छ।
शिबिर वडा नम्बर ४ अन्तरगत भोली गैरीगाउँमा र २२ गते सुन्दरखालमा वडा नम्बर ५ अन्तरगत २०७८ चैत्र २३ गते जौंबारी स्कुलमा,२४ गते हुरुम स्कुलमा र २५ गते तल्लो बबरपुर स्कुलमा,वडा नम्बर १ अन्तरगत २०७८ चैत्र २७ गते भाङ्गाबारीमा,२८ गते सिमलकुना र २९ गते मलै कप्तानेमा वडा नम्बर ७ अन्तरगत २०७८ चैत्र ३० गते देउती माबि मलै,२०७९ बैसाख २ गते ढोलपुर र ३ गते ओदालेमा,वडा नम्बर २ अन्तरगत २०७९ बैसाख ४ गते बिशौनीडाडा,५ गते बगाले र ६ गते रातामाटामा, वडा नम्बर ३ अन्तरगत २०७९ बैसाख ४ गते घट्टेखोला,५ गते पतेरी र ६ गते बासमा,वडा नम्बर ६ अन्तरगत २०७९ बैसाख ७ गते टिकुलीगैरा ८ गते सुनपुर र ९ गते खिलतपुरमा सञ्चालन हुनेछ ।
लाइभदाङ । २० चैत्र २०७८, आईतवार १८:०५ बजे