सभापति देउवाद्वारा दिवंगत खड्काको सालिक अनावरण

दाङ, १६ चैत ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत खुमबहादुर खड्काको सालिक अनावरण गर्नुभएको छ । दाङ लमही नगरपालिका–९ अमिलियामा शुक्रबार दिवंगत नेता खड्काको पूर्णकदको सालिक अनावरण गर्दै सभापती देउवाले विकास निर्माणमा खड्काले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

खड्कामाथि काम गर्ने हुटहुटी रहेको भन्दै प्रशंसा पनि गर्नुभयो । विकासकालागि अडान राखेर काम गर्ने ब्यक्ती खड्का रहेको भन्दै उहाँले देखेका सपना पूरा गर्ने समेत बताउनुभयो ।


उहाँले अहिले मुलुकमा खुमबहादुरको अभाब खड्किएको समेत बताउनुभयो । खड्काको सालिक निर्माण भएपनि लामो समयदेखि अनाबरण हुन सकेको थिएन । खड्का भौतिक पूर्वाधार र गृह मन्त्री हुनुभएको थियो । दाङ सतबरिया निवासी खड्कालाई दाङको विकासकालागि भूमिका खेलेको नेताका रुपमा चिन्ने गरिन्छ ।