
तुलसीपुर, १९ माघ ।
दाङको तुलसीपुरमा शनिबारदेखि सुरु भएको वडा स्तरीय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ६ बिजयी भएको छ । वडा नं.४ लाई ५–२ गोलले पराजित गर्दै आयोजक वडा नं. ६ ले बिजयी सुरुवात गरेको हो । प्रतियोगिता अन्तरगत आईतबार बिहान हुने पहिलो खेलमा वडा नं. १४ र वडा नं. १५ भिड्नेछन् । खेल बिहान साढे आठ बजे देखि सुरु हुनेछ । खेल माघ २५ गते सम्म खेल संचालन हुनेछ ।
प्रतियोगिताको बिजेताले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
त्यस्तै ब्यक्तिगत बिधा तर्फ सर्वोत्कृष्ट हुने खेलाडीले नगद ८ हजार ट्रफी हात पार्नेछन् । त्यस्तै उत्कृष्ट गोल्किपर,सर्वाधिक गोलकर्ता उत्कृष्ट गोल रक्षक,उत्कष्ट मध्यपंक्ति, उत्कृष्ट प्रशिक्षकलाई क्रमशःनगद ५ हजार पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ दि म्याचलाई नगद १ हजार रुपैयाँ प्रदान गरिने वडा अध्यक्ष दुजमान भन्डारीले जानकारी दिनु भएको छ ।



साथै उहाले खेलकूद क्षेत्र राष्ट्रलाई चिनाउने क्षेत्र भएकाले पनि खेलको विकासकालागि यस्तो कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उहाले विभिन्न प्रायोजकहरुको सहयोगमा उक्त कार्यक्रम हुन लागेको र भैपरी आउने घटना दुर्घटनालाई मध्यनजर गर्दै खेलाडी र रेफ्रीको बीमा समेत गरिएको बताए ।
अरनिको मैदानमा संचालित प्रतियोगिताको वडाले स्कोर बोर्ड समेत राखेको र सो स्कोरबोर्ड मैदानमा सधैका लागि राखिदिने उहाले बताउनुभयो । प्रतियोगितामा तुलसीपुर नगरका १६ वडाका टिमको सहभागिता रहेको छ ।
लाइभदाङ । १९ माघ २०८१, शनिबार २२:२८ बजे