दाङ,१४ चैत ।
दाङमा घाँस काट्न गएको समयमा भिरबाट लडेर युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा बबई गाउँपालिका वडा नं. ७ मलै निवासी रोबर बहादुर घर्तीको १८ वर्षीया छोरी करिष्मा घर्तीको मृत्यु भएको हो ।
बुधबार विहान साढे ८ बजेको समयमा स्यानी खोला जंगलमा साथीहरुसँग घाँस काट्न गएको समयमा घर फर्किने क्रममा उनी अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक नवचन्द्र मल्ले बताउनुभयो । उनको शवलाई पोष्टमार्टम गरि परिवारको जिम्मा लगाइएको छ ।
लाइभदाङ । १४ चैत्र २०८०, बुधबार १७:३४ बजे