धरौटी बुझाएर छुटे साविक महाप्रभु सहकारीका पूर्व अध्यक्षद्वय भण्डारी र ज्ञवाली

सन्तोषकुमार गुप्ता,

भालुवाङ २८ पुस ।
देउखुरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना मुद्दामा साविक महाप्रभु बचत तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्षद्वय किरण भण्डारी र रूकमाङ्गत ज्ञवाली पुस २७ गते अदालतले मागेको जनही ५०र५० लाख धरौटी बुझाएर रिहा हुनु भएको छ । पुस २५ भण्डारी र ज्ञवाली दाङ(देउखुरी जिल्ला अदालतमा उपस्थित भएर बयान दिनु भएको थियो । बयान दिए लगत्तै अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाको इजलासमा भएको थुनछेक बहस पछि अदालतले जनही ५०र५० लाख धरौटी माग गरेको थियो । अदालतले मागेको धरौटी बुझाउन नसक्दा तत्काल पूर्पक्षका लागि कारागार चलान गरेको थियो । तर पुस २७ गते अदालतले मागेको धरौटी बुझाएपछि कारागार मुक्त भएको अदालतका सुचना अधिकारी राजेन्द्रप्रसाद शर्माले जानकारी दिनु भएको छ ।


No description available.

No description available.