कटुवा खोला पुलबाट कार खस्दा एक जना घाइते

तुलसीपुर,२८ फागुन । दाङको घोराही स्थित कटुवाखोला पुलबाट कार खस्दा एक जना घाइते भएका छन् ।

सोमवार राती करिव साढे नौ बजे बागमती प्रदेश ०१–०२८ च ९८५५ नम्वरको कार पुलबाट खोलामा खस्दा ललितपुर महानगरपालिका–१५ बस्ने ४२ बर्षीय उज्वल केसी घाइते भएका हुन् ।


मादक पदार्थ खाएर कार चलाउँदा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले बताए । उनका अनुसार घाइते केसीको निधार र छातीमा चोट लगेको छ ।

घोराही–लमही सडकखण्डअन्तर्गत सोही ठाउँमा दुर्घटना हुँदा घाइते भएका केसीको घोराहीस्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । गाडीमा एक्लै भएका कारण गाडीमा क्षति भएपनि मानविय क्षति भएको छैन ।