टरिगाउँसहितका ७ विमानस्थलको स्तरोन्नतीकालागि ३ अर्ब ७७ करोड

तुलसीपुर,१५ जेठ । दाङ तुलसीपुर स्थित टरिगाउँ विमानस्थलसहित ७ विमानस्थलकालागि ३ अर्ब ७७ करोड बजेट बिनियोजन भएको छ ।

अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक बर्ष २०८१÷०८२ कालागि उक्त बजेट बिनियोजन गरेका हुन् । सुर्खेत, रोल्पाको बडाचौर, जुम्ला, विराटनगर, धनगढी र नेपालगञ्जकालागि उक्त बजेट बिनियोजन गरेको हो ।


नागरिक उड्डयनतर्फ उक्त बजेट बिनियोजन गरेको हो । टरिगाउँमा यस अघि पनि बजेट भाषण भएको तर, बजेट नआउँदा यस क्षेत्रका नागरिकले असन्तुष्ट छन् ।

यस पटक पनि ‘ढिक्को’ बजेटमा समावेश गरेकाले यो बजेटबाट टरिगाउँ विमानस्थलमा बजेट बिनियोजनकालागि पहल गर्न यस क्षेत्रका नेतृत्वले पहल गर्नुपर्ने आवज उठेको छ ।