प्रिया स्मृती गजमेर,
लमही, २८ फागुन ।
राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघका वर्तमान अध्यक्ष रत्नप्रसाद श्रेष्ठले पुनः समितिको अध्यक्षमा दोहोरीने चाहना रहेको बताउनु भयो ।
समितिमा रहेर व्यवसायीहरूको हक हितका लागि काम गर्दै आउनु भएका श्रेष्ठले आगामी दिनमा पनि सबै व्यवसायी सघं संस्थाहरूसँग सहकार्य गरेर मात्र अगाडी बढ्ने बताउनु भयो । श्रेष्ठले नयाँ तथा पुराना साथीहरूलाई मिलाएर लैजाने र समन्वयमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघको २१ औं वार्षिक साधारण सभा तथा १४ औँ अधिवेशन आज फागुन २८ गते हुँदै छ ।
पछिल्लो समय ढुवानी क्षेत्रमा देखिएका समस्या तथा व्यवसायीहरुका हक हितका लागि समितिले खेल्नु पर्ने भूमिकाका बारेमा साधारण सभा तथा अधिबेशनमा छलफल हुनेछ । साथै अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघ घोराहीमा मुख्य कार्यालय रहेको समितिको साधारण सभा र अधिवेशनको उद्घाटन महासंघका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठले गर्नुहुनेछ । फागुन २८ र २९ गते गरि दुई दिन अधिवेशन चल्नेछ ।
हाल समितिमा चारसय बढी गाडीहरु दर्ता रहि संचालनमा छन् । ट्रक व्यवसायीहरुलाई उल्लेख्य सेवा दिएको समितिले नियमित नविकरण भएका सदस्यहरुको हकमा दुर्घटना लगायतका अवस्थामा सहजिकरण र समन्वयका साथै संस्था जिम्मेवार बनेर क्षतिपुर्ति उपलब्ध गराउँदै आएको राप्ती अञ्चल संयुक्त ट्रक यातयात व्यवसायी संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले बताउनुभयो ।
रत्नप्रसाद श्रेष्ठको चिनारी
श्रेष्ठको जन्म २०२७ / ८ /२ गते सल्यानको खलंगा गाउँपालिकामा बुवा गणेश प्रसाद श्रेष्ठ र आमा वृहस्पति श्रेष्ठको कान्छो सन्तानको रुपमा जन्म भएको हो । लमही जेसिज वर्ष २००६ को अध्यक्ष हुँदै २००८ मा राष्ट्रिय उपाध्यक्ष बन्नु भएको हो ।
नेपाली काङ्ग्रेसको तर्फबाट २०७५ मा देउखुरी उद्योग वाणिज्य संघको नेतृत्व सम्हाल्नु भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष, जईन्द्र बोर्डिङ स्कुलको व्यवस्थापन समितिको अध्यक्ष र अहिले राप्ती अन्चल संयुक्त ट्रक यातायात व्यावसायिक समितिको अध्यक्ष हुनुहुन्छ ।
लाइभदाङ । २८ फाल्गुन २०८०, सोमबार १०:१० बजे