नेपाल रेडक्रस सोसाईटीको पालिका स्तरिय समन्वय वैठक हापुरेमा सम्पन्न

रामप्रसाद सुवेदी
हापुरे, ९ साउन ।
नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला अध्यक्ष नारायण आचार्यले विपद पुर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा सबै सरोकारवाला निकायहरुसंग समन्वय गरेर गरिने कार्यक्रमहरु फलदायी हुने बताउनुभएको छ। नेपाल रेडक्रस सोसाइटी दाङ शाखाको आयोजनामा बबई गाउँपालिका स्तरिय समन्वय वैठकमा बोल्दै आचार्यले यस्तो बताउनुभएको हो ।

बैठकमा बोल्दै बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीले नेपाल रेडक्रस सोसाइटीद्धारा बबईमा संचालित समुदाय उत्थानशिलतामा अभिवृद्धि कार्यक्रममा आएका समस्या तथा चुनौतीहरु, कार्यक्रमको अपनत्व तथा दिगोपना, दोहोरोपना हुन नदिन लक्षित संकटासन्न समुदायको सहभागिता, प्रभावकारी अनुगमन जस्ता कार्यहरुमा हामी सबैले ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

बैठकमा नेपाल रेडक्रस सोसाइटीद्धारा संचालित समुदाय उत्थानशिलतामा अभिवृद्धि कार्यक्रमले अघिल्लो त्रैमासिकमा सम्पन्न गरेका गतिविधिहरु, आगामी त्रैमासिकमा संचालन गरिने गतिविधिहरु, समुदायको प्रकोप,संकटासन्नता तथा क्षमता पहिचानबाट आएका मुल समस्याहरु, तथा समाधानका लागि योजनाहरु जिविकोपार्जनका गतिविधि संचालन प्रकृया, समुदाय लाभग्राही छनौटका बिधि तथा प्रकयाहरुका बारेमा अन्तरक्रिया गरिएको थियो ।


पालिकामा रहेका समस्या समाधान गरि उत्थानशिल समुदाय निमार्ण गर्न नपाल रेडक्रस सोसाइटीले संचालन गरेको परियोजनालाई प्रभावकारी कार्यन्वयन गर्न बबई गाउँपािलका, विभिन्न राजनैतिक दलहरु, सरोकारवाल निकायहरु, वडा कार्यालयहरु, विभिन्न विषयगत शाखाहरु तथा स्वयं समुदायका व्यक्तिहरु नै सकृय हुन सके उत्थानशिल समुदाय निमार्ण हुने र रेडक्रसले यसको अगुवाई गर्ने कुरा जिल्ला कार्यक्रम संयोजक जगत तामाङ ले राख्नु भएको थियो । भने जिविकोपार्जका गतिविधहरुका बारेमा कार्यक्रमका जिविकोपार्जन अधिकृत थानेश्वर पोखरेलले जानकारी दिनु भएको थियो ।

सोही अवसरमा गाउँपालिका स्तरीय स्थानिय विपद व्यवसथापन समितिको वैठक बसी विपद व्यवस्थापनमा बबई गाउँपालिकाको आगामी योजना तथा बजेटका बारेमा विपद सम्पर्क व्यक्ति भुवन चन्द बालानले जानकारी गराउनु भएको थियो । गाउँपालिकामा भुकम्प,बाढी,खानेपानी,स्वास्थ्य सरसफाई, आगलागि, बन्य जन्तु आतृक लगायतका मुख्य प्रकोपहरु रहेको बताइएको छ।

नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाका सभापति नारायण आचार्यको अध्यक्षता,बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको प्रमुख आतिथ्यता तथा , उपाध्यक्ष बमकुमारी खत्रीको विशिष्ट आतिथ्यतामा सम्पन्न बैठकमा बबई गाउँपालिकाका कार्यवाहक प्रमुख प्रशासकिय अधिकृत, सबै वडा अध्यक्षहरु, स्थानिय विपद व्यवस्थापनका पदाधिकारीहरु, राजनैतिक दलका प्रतिनिधहरु, हापुरे उद्योग बाणिज्य संघका प्रतिनिधि , हापुरे च्याम्बर्स अफ कर्मशका अध्यक्ष युवराज कडेंल, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उप मन्त्री विष्णु थापा, उप कोषाध्यक्ष ज्ञान प्रसाद आईतबारे, पञ्चकुले उपशाखाका सभापति जुद्धबिर खाम्चा लागयत विभिन्न संघ संस्थाका प्रतिनिधि सहित ३५ जनाको सहभागिता रहेको थियो । गाउँपालिकाको सभाहलमा संचालन भएको कार्यक्रमको सहजकिरण कार्यक्रमका फिल्ड अधिकृत देवी प्याकुरेलले गर्नु भएको थियो ।