बाँकेमा पाटे बाघको छालासहित एकजना पक्राउ

तुलसीपुर, ७ चैत ।  बाँकेमा पाटे बाघको छालासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको बराहाताल गाउँपालिका २ पाक्मा बस्ने २८ बर्षीय चन्द्र बहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पाटे बाघको छालाको अवैध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई दुर्लभ पाटेबाघको छालासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार नेपालगञ्ज २ पुष्पलाल चोकमा रहेको रोयल महाबुब होटेलबाट पाँच फिट ९ इन्च लम्बाई र ३ फिट २ इन्च चौडाई भएको पाटेबाघको छालासहित उनलाई सोमबार पक्राउ गरिएको हो । पक्राउ परेका कार्कीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।