लक्ष्मण बस्नेत
तुलसीपुर, २५ फागुन ।
राईजिङ स्टार फुटबल घोराही सर्वाधिक पुरस्कार राशीको तेश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८० फाइनलमा प्रवेश गरेको छ ।
हिरा डागी फाउन्डेसन तुलसिपुरको आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न सेमिफाइनल खेलमा एपीएफ लुम्बिनी प्रदेशलाई सुन्यका विरुद्ध ४ गोलले पराजित गर्दै राईजिङ स्टारले फाइनल यात्रा तय गरेको हो ।
उल्लेख्य दर्शकले खचाखच भरिएको अरनिको मैदान तुलसिपुरमा भएको प्रतिस्पर्धात्मक खेलमा राईजिङ स्टारका जर्सी नं. १८ का अरुण चौधरी पहिलो हाफको २७ औ मिनेटमा पहिलो र दोस्रो हाफ्को १६ औ मिनेटमा दोस्रो गोले गरे । त्यस्तै दोस्रो हाफ्को थप ३ मिनेटमा जर्सी नं. ११ का जमिर मियाले थप एक गोल गरे । खेलमा राईजिङ स्टारका जर्सी नं. १८ का खेलाडी अरुण चौधरी म्यान अफ म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत दोस्रो सेमिफाइनलमा टरिगाउ युवा क्लब तुलसीपुर र साहारा फुटबल क्लब लखनउ भिड्दैछन । खेल भोलि शनिवार दिउँसो २ बजेदेखी सुरु हुने फाउन्डेसनका अध्यक्ष पोखर सिह डागिले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उद्देश्यका साथ संचालित प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद २ लाख पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद एक लाख, कप ,मेडल, प्रमाणपत्र हात पार्ने प्रतियोगिताका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिनुभयो ।
त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ५ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन । त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई नगद एक हजार सहित ट्रफी प्रदान गरिनेछ ।
लाइभदाङ । २५ फाल्गुन २०८०, शुक्रबार २०:२५ बजे