दंगीशरणको १६ औं गाउँसभाको अधिवेशन सम्पन्न

प्रमोद आचार्य

दंगीशरण, २५ फागुन । दंगीशरण गाउँपालिकाको गाउँसभाको १६ औं अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/८१ को संसोधित बजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले २२ गते संसोधन प्रस्तावमाथि छलफल गरीयोस भन्ने प्रस्ताव सर्वसम्मत पारीत भएको हो। दंगीशरण गाउँपालिकाको दोस्रो कार्यकालबाट निर्वाचित जनप्रतीनिधिहरुले समग्र गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक, शैक्षिक र सास्कृतिक विकासका लागी पालिका अगडी बढेको बजेट बक्तव्यमा उल्लेख छ ।

१६ औं गाउँसभाले १५ औं गाउँसभा देखी हालसम्म गाउँकार्यपालिकाको बैठकबाट पारीत भएका कार्यविधि, मापदण्ड तथा निर्णयहरु पारीत गरेको छ ।


गाउँपालिकाले सिमित श्रोत साधनलाइ समानुपातिक र न्यायोचित बितरणको माध्यमबाट अधिकतम प्रतीफल प्राप्त हुनेगरी कार्यक्रमको योजना तर्जुमा गर्ने कार्यलाइ आफ्नो उच्च प्राथमिकतामा राखेको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म जम्मा ७ महिनाको अवधिमा प्राप्त उपलब्धिहरु बारे जानकारी गराउदै गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले भौतिक निर्माण तर्फका क्रमागत योजनाहरु,विशेष अनुदान तर्फका योजनाहरु, समपुरक योजना तथा गाउँपालिकाका योजनाहरु, ठेक्का सम्झौता गरी कार्यान्वयनको चरणमा रहेको, दंगीशरण गाउँपालिकाको सवैभन्दा विकट मानिने फुर्केसल्लिमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन भइ सेवा प्रवाह शुरुवात गरी संचालनमा ल्याएको,खेलकुद क्षेत्रको विकासका लागी रास्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र दोस्रो अध्यक्षकप खेलकुद प्रतीयोगिता हालै सम्पन्न गरीएको, छोरी सम्मान कार्यक्रमबाट हालसम्म ६८ जनाले सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत ७६ जनाले, दंगीशरण स्वास्थ्य सुधार कार्यक्रम ३२१ जनाले, उज्यालो आखा कार्यक्रमबाट ६५ जनाले लाभ लिएको, शिक्षाको गुणस्तर सुधारका लागी कक्षा ५,८,र १० को नयाँ पाठ्यक्रम प्रवोधिकरण सम्पन्न गरीएको, कृषि विकाससङ्ग सम्बन्धित कार्यक्रमहरु अन्तर्गत विभिन्न तरकारी तथा उन्नत बिउबिजन खरीद गरी वितरण गरीएको, दलित आदिवासी, जनजातीहरुको हकहितको सुरक्षा तथा शसक्तीकरणका लागी ऐन निर्माण गरी गाउँसभामा पेश गरीएको,न्यायिक समितीबाट न्याय सम्पादनको कार्यलाइ छिटोछरीतो बनाउन सुधार गरी छुट्टै न्यायिक कक्षको ब्यबस्था गरी आवश्यक कार्य अगाडी बढाइएको लगायतका थुप्रै उपलब्धिहरु सहितको बजेट बक्तब्य १६ औं गाउँसभामा पेश गरीएको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को कुल बजेट  ४४ करोड,११ लाख,८२ हजार मध्य ८१ लाख ८६ हजार बरावरको नाम योजनाको नाम तथा कार्यक्रम संसोधन गर्न गाउँसभामा उपाध्यक्ष पिमा वलि खड्काले गरेको प्रस्ताव सर्बसम्मत पारीत गरेको हो ।