आज महाशिवरात्रि पर्व

काठमाडौं, २५ फागुन ।  आज महाशिवरात्रि पर्व । हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरी देशभर मनाइँदैछ । पशुपतिनाथसहित देशभरका अरु शिव मन्दिरमा पनि आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । महाशिवरात्रिको अवसरमा आज दाङको धारापानीमा मेला लाग्दै छ । यस्तै काठमाडौंको पशुपति क्षेत्रमा पनि साधुसन्त एवम् भक्तजनहरुको भिड लागेको छ ।


पशुपतिमा शिवरात्रिमा भारतबाट समेत साधुसन्त र तीर्थयात्री पुग्ने गरेका छन् । पशुपति क्षेत्रमा गाँजा, भाङ, जाँड–रक्सी तथा मासु पूर्णरूपमा निषेध गरिएको छ । आज पशुपति पुग्ने भक्तजनका लागि एम्बुलेन्स सेवा, झन्डै छ सय जना स्वयंसेवक, ७० वटा स्वास्थ्य शिविर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी परिचालन हुनेछन् ।