चलचित्र चिरागको ‘म फुल बनि फुल्थे, तिमी गगन भए’ बोलको गित सार्वजनिक

दाङ, २७ असोज ।
चलचित्र चिरागको टाईटल गित सार्वजनिक भएको छ । आगामी मंसिर ५ गतेलाई चलचित्र प्रदर्शनी मिति तय भएसँगै सोमबार टाईटल सङ्ग सार्वजनिक भएको हो ।

करिब डेढ करोड लागतमा निर्माण गरिएको चलचित्र चिरागको ‘म फुल बनि फुल्थे, तिमी गगन भए’ बोलको गित सार्वजनिक भएको हो ।

गितमा स्वामी त्यागमूर्ति र सङ्कला गौतमको अभिनय रहेको छ । भिएफएक्स अर्थात सिजीआई प्रबिधीमा निर्माण गरिएको उक्त गितको भिडियोले साउथ चलचित्र बाहुबलीको गितको भिडियो भन्दा कम नभएको निर्माण टिमले दाबी गरेको छ ।

चलचित्रमा त्यागमूर्तिलाई मुख्य भुमिकामा देख्न सकिने छ । त्यस्तै चलचित्र चिरागमा त्यागमुर्तिका अलावा शुसिल पोखरेल, प्रज्ञा जोशी, दामोदर भण्डारी अर्थात सापटि काका, सुवास गजुरेल, संकला गौतम, मनोज कुमार आचार्य, नरेश प्रसाद भट्टलगायतका कलाकारको अभिनय रहेको छ ।


सामाजिक कथावस्तुमा आधारित चलचित्रमा बाझोपन तथा अन्य समुदायप्रतिको विभेद चित्रण गरिएको चलचित्रका मुख्य सहायक निर्देशक मनोज कुमार आचार्यले जानकारी दिनुभयो ।

त्यगमुर्तिको लेखन, निर्देशनमा निर्माण भएको चलचित्रको मुख्य सहायक निर्देशकमा मनोज कुमार आचार्य रहनुभएको छ, त्यस्तै नरेश भट्टको सह–लेखन रहेको छ । संकला गौतम, त्यागमुर्ति र भट्टको निर्माणमा चलचित्र तयार पारेर टिम प्रचारप्रसारमा जुटेको सह–निर्देशक आचार्यले बताउनुभयो ।