
रुकुम पश्चिम, २५ भदौ ।
नेपाल वायुसेवा निगमले रुकुम पश्चिममा अब सातामा पाँच उडान गर्ने भएको छ । यसअघि सातामा दुई उडान गर्दै आएको नियम अब पाँच उडान गर्ने नेपाल बायुसेवा निगम रुकुम पश्चिमले जनाएको छ ।
कार्यालय प्रमुख प्रेम ओलीका अनुसार काठमाडौ रुकुम नेपालगन्ज आइतबार र बुधबार, नेपालगन्ज रुकुम काठमाडौ शुक्रवार र मंगलबार र नेपालगन्ज रुकुम नेपालगन्ज विहिबार हवाई उडान हुनेछन । बर्षातको समयमा देशका विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा यात्रा गर्दा समस्या भोग्दै आएका यात्रुहरुलाई उडान थप गरेपछि थप सहज र खुसि भएका छन । निगमले यात्रुको सहजताका लागि कार्यालय संगै अनलाईनबाट टिकट काट्ने ब्यवस्था गरेको छ ।
निगमको अनलाईन संगै इसेवाबाट समेत टिकट बुक गर्न सकिने कार्यालय जनाएको छ । तर रुकुम पश्चिमको चौरजहारीमा पनि एयरपोर्ट भएपनि लामो समयदेखि बन्द रहेको छ ।



लाइभदाङ । २५ भाद्र २०८३, बिहीबार १३:४१ बजे