माध्यमिक विद्यालय प्रतापकोटको ५२ औं वार्षिक उत्सव

तुलसीपुर, २५ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको माध्यमिक विद्यालय प्रतापकोटले बिहीबार एक कार्यक्रम गरि आफ्नो ५२ औं वार्षिक उत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलामणि बाठाको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्का को प्रमुख आतिथ्यता एवं ३ नम्बरका वडा अध्यक्ष वीर वहादुर विक, शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख चक्र बहादुर भण्डारीको विशिस्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगर प्रमुख खड्काले सामुदायिक विद्यालयले शिक्षा क्षेत्रमा सुधार गर्दै गएको बताए । उनले संस्कार र व्यवाहारिक शिक्षालाई जोड दिनुपर्ने बताएका थिए । साथै विद्यालयलाई स्थानीय सरकारको तर्फबाट जुनसुकै सहयोग गर्न आफू तयार रहेको पनि बताए ।

यस्तै, वडा नम्बर ३ का वडाध्यक्ष कार्यक्रमका विशिष्ट अतिथी वीर वहादुर विकले विद्यालयले गरेको प्रगतीको प्रशंशा गर्दै आउदो शैक्षिक सत्रमा वडा भित्रका सम्पुर्ण सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नि:शुल्क पोशाक वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे । अर्का विशिष्ट अतिथी शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले प्रविधि मैत्री सिकाई तथा प्रयोगात्मक शिक्षण सिकाईलाई जोड दिनुपर्ने बताउदै विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुलाई त्यस तर्फ ध्यान दिन आग्रह गरे ।


विद्यालयका सहायक प्रअ सन्जय शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रअ टेक प्रसाद भण्डारीले विद्यालयको प्रगती प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा विद्यालयका सस्थापक अध्यक्ष तुल बहादुर रेउले , शिक्षक अभिभावक संघका अध्यक्ष मोहलाल वली, लगायतले आफ्नो भनाई राखेका थिए भने कार्यक्रमको संचालन शिक्षक राजेन्द्र प्रसाद भट्टराईले गरेका थिए ।

वार्षिक उत्सवको अवसरमा आयोजित विभिन्न कार्यक्रममा प्रथम, द्वितीय,तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक कला सस्कृती झल्किने नृत्य, र्याली, प्रस्तुत गरेको शिक्षक शुसील गिरीले जानकारी दिएका छन ।