दोस्रो लामो पुलमा मोटरसाईकल दुर्घटना, एकजनाको मृत्यु

दाङ
१६ कात्तिक / दाङको राप्ती नदी स्थित नेपालकै दोस्रो लामो पुलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सिसहनिया–महादेवा जोड्ने पुलमा गएराति रा १ प ६३४५ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा गढवा गाउँपालिका वडा नं. २ घुस्रा निवासी २२ बर्षीय समीर चौघरीको मृत्यु भएको प्रहरीले बताएको छ ।


मोटरसाईकल अनियन्त्रित भएर दुर्घटनामा हुँदा गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।