इलाका प्रहरी कार्यालय खिलततपुरद्वारा चिसापानी मन्दिर परिसर सरसफाई

हापुरे, २४ फागुन ।
दाङको बबई गाउँपालिका६ मा रहेको चिसापानी मन्दिर परिसर सरसफाइ गरिएको छ। इलाका प्रहरी कार्यालय खिलततपुरका प्रहरी प्रमुख प्रहरी निरिक्षक अजय जंग थापाको नेतृत्वमा खटिएको प्रहरीको टोलिले मन्दिर परिसर सरसफाइ गरेको हो ।

महा सिवरात्रीको अवसरमा चिसापानी मन्दिर परिसरमा श्रदालु भक्तजनको घुईचो लाग्ने गर्छ। मन्दिरमा आउने भक्तजनको सहजताको लागि सरसफाइ गरिएको हो प्रहरी प्रमुख थापाले जानकारी दिनुभयो ।


सरसफाई कार्यक्रमकै अवसरमा प्रहरीका तर्फबाट मन्दिरका पुजारीका लागि १ थान गन्जि समेत प्रदान गरिएको छ। प्रहरी प्रमुख थापाले मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष टेक बहादुर बुढाथोकीलाई हस्तान्तरण गर्नुभएको हो ।