
तुलसीपुर ,२५ असार ।
तुलसीपुर उपमहानगरपालिका-५ नयाँ बसपार्क क्षेत्रमा टप गेस्ट हाउस एण्ड रेस्टुरेन्ट औपचारिक रूपमा सञ्चालनमा आएको छ।
हेमन्त प्रकाश ओली, सुरेन्द्र परियार, प्रकाश ओली र बाबुराम खत्रीको संयुक्त लगानीमा सञ्चालनमा आएको उक्त गेस्ट हाउस एण्ड रेस्टुरेन्टको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले रिबन काटेर गरेका हुन ।
मेयर खड्काले निजी क्षेत्रको लगानीले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले गुणस्तरीय सेवा, स्वच्छता र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै यस्ता व्यवसायले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधि विस्तारमा उल्लेखनीय योगदान पुऱ्याउने विश्वास व्यक्त गरेका छन।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका(३ का वडा अध्यक्ष विजय विक, वडा नं. १८ का वडा अध्यक्ष माधव ओली लगायत जनप्रतिनिधि, व्यवसायी, स्थानीय बुद्धिजीवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।
सञ्चालकका अनुसार नयाँ बसपार्क क्षेत्रमा यात्रु, व्यवसायी तथा आगन्तुकलाई लक्षित गर्दै आवास तथा खानपान सेवा उपलब्ध गराउने उद्देश्यले गेस्ट हाउस सञ्चालनमा ल्याइएको हो। ग्राहकलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्दै तुलसीपुरमा आतिथ्य सेवा क्षेत्रको विकासमा योगदान पुर्याउने प्रतिबद्धता सञ्चालकहरूले व्यक्त गरेका छन ।




लाइभदाङ । २५ असार २०८३, बिहीबार २०:०९ बजे