दंगीशरण गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन शुरू

प्रमोद आचार्य
दंगीशरण, २२ फागुन ।
दंगीशरण गाउँपालिकाको १६ औं गाउँसभा अधिवेशन आजदेखी दंगीशरण गाउँपालिकामा शुरू भएको छ । आर्थिक वर्ष २०८०/८१ को संसोधित बजेट तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले सभामा संसोधित बजेट वक्तव्य पेश गर्नुभएको हो । दंगीशरण गाउँपालिकाको दोस्रो कार्यकालबाट निर्वाचित जनप्रतीनिधिहरुले समग्र गाउँपालिकाको सामाजिक, आर्थिक, भौतिक, शैक्षिक र सांस्कृतिक विकासका लागि पालिका अगडी बढेको बजेट वक्तव्यमा उल्लेख छ ।

गाउँपालिकाले सिमित श्रोत साधनलाई समानुपातिक र न्यायोचित वितरणको माध्यमबाट अधिकतम प्रतिफल प्राप्त हुनेगरी कार्यक्रमको योजना तर्जुमा गर्ने कार्यलाई आफ्नो उच्च प्राथमिकतामा राखेको छ ।

चालु आर्थिक वर्ष २०८०र८१ को हालसम्म जम्मा ७ महिनाको अवधिमा प्राप्त उपलब्धिहरु बारे जानकारी गराउदै गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले भौतिक निर्माण तर्फका क्रमागत योजनाहरु,विशेष अनुदान तर्फका योजनाहरु, समपुरक योजना,तथा गाउँपालिकाका योजनाहरु,ठेक्का सम्झौता गरी कार्यान्वयनको चरणमा रहेको,दंगीशरण गाउँपालिकाको सबैभन्दा विकट मानिने फुर्केसल्लिमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन भइ सेवा प्रवाह शुरुवात गरी संचालनमा ल्याएको,खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता र दोस्रो अध्यक्षकप खेलकुद प्रतियोगिता हालै सम्पन्न गरीएको, छोरी सम्मान कार्यक्रमबाट हालसम्म ६८ जनाले सुत्केरी प्रोत्साहन कार्यक्रम अन्तर्गत ७६ जनाले, दंगीशरण स्वास्थ्य सुधार कार्यक्रम ३२१ जनाले,उज्यालो आँखा कार्यक्रमबाट ६५ जनाले लाभ लिएको,शिक्षाको गुणस्तर सुधारका लागि कक्षा ५,८,र १० को नयाँ पाठ्यक्रम प्रवोधिकरण सम्पन्न गरीएको,


कृषि विकाससङ्ग सम्बन्धित कार्यक्रमहरु अन्तर्गत विभिन्न तरकारी,तथा उन्नत बिउबिजन खरीद गरी वितरण गरीएको,दलित आदिवासी,जनजातीहरुको हकहितको सुरक्षा तथा शसक्तीकरणका लागि ऐन निर्माण गरी गाउँसभामा पेश गरीएको,न्यायिक समितीबाट न्याय सम्पादनको कार्यलाई छिटो छरीतो बनाउन सुधार गरी छुट्टै न्यायिक कक्षको ब्यबस्था गरी आवश्यक कार्य अगाडी बढाइएको लगायतका थुप्रै उपलब्धिहरु सहितको बजेट वक्तव्य १६ औं गाउँसभामा पेश गरीएको हो ।

गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०/८१ को कुल बजेट र ४४ करोड,११ लाख,८२ हजार मध्य ८१ लाख ८६ हजार बरावरको नाम योजनाको नाम तथा कार्यक्रम संसोधन गर्ने प्रस्ताव उपाध्यक्ष खड्काले गाउँसभामा पेश गर्नुभएको हो ।२२ गते गाउँसभामा प्रस्ताव पेश भएका प्रस्तावहरुको निर्णयार्थ २४ गतेका लागी सभा बोलाइएको छ ।