
काठमाडौं,१५ जेठ ।
सरकारले कर्णाली र सुदूरपश्चिमका भू(भागमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने भएको छ ।
नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने घोषणा सरकारले गरेको हो । नवीनतम प्रविधिको प्रयोगलाई तीव्रता दिँदै गुणस्तरीय दूरसञ्चार सेवाको पहुँच बढाउने छौँ,’ अर्थमन्त्री वाग्लेले बजेट भाषणमा भनेका छन्, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र नेटवर्क सेवा विस्तार गरिनेछ ।’
योसँगै सरकारी मुद्रणका लागि स्थापित विभिन्न संरचनालाई एकआपसमा गाभी एकीकृत सुरक्षा मुद्रण संस्थानको स्थापना गर्ने अर्थमन्त्री वाग्लेले बताएका छन् ।
यस्तै, दूरसञ्चार क्षेत्रका लागि यसवर्ष दूरसञ्चार प्राधिकरण विधेयक संसद्मा पेस हुने प्रतिबद्धता पनि वाग्लेले गरेका छन् ।



लाइभदाङ । १५ जेष्ठ २०८३, शुक्रबार १७:३७ बजे