घोराही, १५ बैशाख ।
दाङको घोराही ७ सौडियार स्थित मावि सौडियार विद्यालयले विद्यालयमा पढाउने शिक्षक, कर्मचारीले आफ्ना बाल बच्चा भर्ना गर्नेलाई स्वागतसहित सम्मान गरेको छ ।
विद्यालयमा पढाउने शिक्षक, कर्मचारीले अनेत्र नजिकका निजि विद्यालयमा बच्चा भर्ना गर्दा विद्यालयको शैक्षिक अबस्था नै कमजोर रहेको सन्देश जाने भएकाले यसलाई चिर्नका निमित्त यो अभियान थालिएको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कँवरले बताए ।
उनले अभियानलाई कडाइका साथ कार्यान्वयनमा लैजान विद्यालयका निमित्त प्रअसहित सबै शिक्षक र कर्मचारीलाई आग्रह गरे । उनले विब्यस र शिक्षक अभिभाबक संघको निर्णय कार्यान्वयन नगरेमा शिक्षकहरुको अभिलेखिकरण गर्ने, नियम बमोजिम हाजिरी नबनाउने, प्रष्टिकरण लिने र सम्बन्धित निकायमा जानकारी दिने नीति तय गरिएको अध्यक्ष कवरले बताए । विद्यालयले शुक्रबार अभिभाबक भेला मार्फत आफ्ना बच्चा भर्ना गराउन ल्याउने शिक्षकलाई स्वागत गर्दै सम्मान गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईको अध्यक्षता तथा घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका अधिकृत घनश्याम वलीको प्रमुख आतिथ्यता भएको भेलामा अबिर लगाएर शिक्षक र भर्ना हुने बाल बच्चालाई सम्मान गरिएको छ । अग्रेजि मिडियममा पढाउने शिक्षिका बिनिता चौधरीले आफ्नो बच्चा बिद्यालयमा भर्ना गरेकि छिन भने विद्यालयकि नेपाली मिडियममा पढाउने शिक्षिका सबिता खड्काले पनि आफ्नो बच्चा विद्यालयमा भर्ना गरेकि छिन ।
विब्यस अध्यक्ष भट्टराई , शिक्षक अभिभाबक संघका अध्यक्ष कवर, शाखा अधिकृत वलीले फुल माला, अबिर,लगाएर शिक्षक विद्यार्थीलाई सम्मान गरेका हुन । आफ्ना बच्चा आफैले पढाउँदा ठीक हुन्छ भनेर विद्यालय प्रशासनले शिक्षकहरुलाई अनुरोध गरेको थियो’– निमित्त प्रअ वलीले भने ‘स्वतस्फूर्तरुपमा धेरै शिक्षकले बच्चा ल्याउनुभयो, अझै अन्य सरहरुलाई पनि तुरुन्त भर्ना गर्न ल्याउन भनेका छौ ।’ उनका अनुसार विद्यालयमा अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाइ हुन्छ । दक्ष, अनुभवी तालिमप्राप्त शिक्षकले पढाउदै आएका छन । आफ्ना बच्चा आफैले रेखदेख गरी पढाउन सजिलो पनि हुने भएकाले आफुले बच्चा भर्ना गरेको शिक्षिका बिनिता चौधरीले बताइन् ।
लाइभदाङ । १५ बैशाख २०८१, शनिबार १५:१५ बजे