दाङ ३(२):मास्कीको अग्रता

तुलसीपुर, ५ मंसिर ।


दाङ क्षेत्र नं.३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश)ले अग्रता लिएका छन् । २११६ मत गन्दा माओवादी केन्द्रका मास्कीले ९६१ र एमालेका हुकुम बस्नेतले ८५३ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर १०८ रहेको छ । अहिले गणना भएको मत शान्तिनगर २, बबई ६ , दंगीशरण २ को मतगणना भएको छ । सोही निर्वाचन क्षेत्रमा ७९ हजार ९८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।