पश्चिम दाङमा एकैपटक पाँच पुलको टेन्डर

तुलसीपुर, १५ फागुन । पश्चिम दाङका पाँच वटा खोलामा पुल निर्माणकालागि टेन्डर आह्वान भएको छ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बिनियोजन गरेका ५ वटा खोलामा पुल निर्माणकालागि टेन्डर आह्वान भएको छ ।

सडक पूर्वाधार विकास कार्यालय दाङले पुल निर्माणकालागि फागुन १३ गते टेन्डर आह्वान गरेको हो । पश्चिम दाङ जोड्ने माथिल्लो सडकको पातेटाकुरा खोला, गंगटे जोड्ने ट्वाङ्खोला, रिमखोली, तीनतले र भाङाबारीमा पुल निर्माणकालागि टेन्डर भएको हो । रिमखोली, तीनतले र भाङाबारीमा बक्स पुल बन्नेछन् ।

प्रदेश अर्थमन्त्री मास्कीले पश्चिम दाङमा ९ वटा पुलमा बजेट बिनियोजन गरेका थिए । ति मध्ये ४ वटा पुलमा पनि केही समयमा टेन्डर हुनेछ । आफू निर्वाचनको समयमा जनतामा जाँदा पश्चिम दाङमा पुल माग गरेकाले सबै खोलामा पुलकालागि बजेट बिनियोजन गरेको मन्त्री मास्कीले बताए । पश्चिम दाङमा पुल मात्रै निर्माण पूरा भएमा जुनसुकै समयमा पनि आवतजावत गर्न सकिन्छ । यस अघि पुल नहुँदा बर्षादको समयमा आवतजावतमा निकै समस्या हुने गरेको थियो ।


त्यस्तै पश्चिम दाङको बगरपुर–जलेके सडकको स्तरोन्नतीकालागि पनि टेन्डर आह्वान भएको छ ।

May be an image of text

May be an image of text