स्वतन्त्र सांसद पुनले रोजे माओवादी केन्द्र

दीपक बोहरा
दाङ,८ चैत । लुम्बिनी प्रदेशका सभाका स्वतन्त्र सांसद सुरुल पुनले माओवादी केन्द्र रोजेका छन् । उनले मंगलबार माओवादी केन्द्र संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताएका हुन् ।

उनी रुकुम पूर्वको क्षेत्र नं.१ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । तत्कालिन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै पुन विजयी भएका हुन् ।

उनले माओवादी केन्द्रबाट विद्रोह गरि स्वतन्त्र उम्मेदवारी दिएको र पुनः माओवादी केन्द्रमै फर्किएको जानकारी गराए । उनले संसदीय दलका नेता जोखबहादुर महरालाई उक्त निवेदन पेश गरेका हुन् ।


यस अघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दिपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए ।

उनले पनि गठबन्धनका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका हुन् । उनले गठबन्धनका उम्मेदवार काँग्रेसका अमर पुनलाई हराएका थिए । यो संगै लुम्बिनीमा माओवादी केन्द्रका सांसदको संख्या ११ भएको छ ।