प्युठान दुर्घटनामा ८ जनाको मृत्यु, ७ जनाको सनाखत

दाङ,२९ जेठ ।
स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ७ जनाको सनाखत भएको छ, भने अन्य एक जनाको सनाखत हुन बाँकी रहेको छ । मृत्यु हुने सबै दाङका हुन् ।
प्रहरीका अनुसार प्यूठानको स्वर्गद्वारी नगरपालिका वडा नं. ४ भ्यागुतेमा जीप दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका- १५ कोठरीका वर्ष ३५ की सरिता शर्मा पोख्रेल, उनका छोराहरु १४ बर्षीय विशाल पोख्रेल र वर्ष ९ बर्षीय विकाश पोख्रेल, गाडी चालक लमही नगरपालिका – ५ का तारा बहादुर कुमाल, गढवा गाउँपालिका- ५ बाँकीका ४० वर्षीय गोविन्द शाह, उनी श्रीमती ३० बर्षीया राधा शाह, र उनका छोरा ९ बर्षीय आदित्य शाहको दुर्घटनामा परि मृत्यु भएको छ । त्यस्तै अर्का एक जना बालकको सनाखत हुन सकेको छैन ।


जिल्ला अस्पताल प्यूठानले जीपमा ८ जना सवार थिए । दुर्घटनामा परेका सबैको मृत्यु भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी प्रमुख डिएसपी शुबास खड्काले जानकारी दिए । दिउसो साढे ३ बजेतिर दुर्घटनामा परेको थियो । उनीहरु लु १ च ६३४५ नम्बरको जीपमा सवार थिए ।