मगर संस्कृति जोगाउन आबश्यक छ: मन्त्री मास्की

दाङ, १५ फागुन । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले मगर एकता दिवसको शुभकामना दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गरि मन्त्री मास्कीले विश्वभरि छरिएर बसोबास गर्दै आएका मगर समुदायले आफ्नो पहिचानलाई जोगाउनु अहिलेको आबश्यकता रहेको बताएका छन् ।

दिवसले सम्पूर्ण नेपालीहरुमा आपसी मित्रता,भाइचारा,बनधुत्व,सद्भाव र सहिष्णुताको साथै मगर एकता सधै कायम राख्ने उद्देश्य बोकेर अगाडी बढेको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताए ।


मगर जातिको जातीय भूमि,भाषा,मौलिक संस्कार,कला,संस्कृति छन् । त्यसलाई संरक्षण गर्नु नयाँ पुस्ताको दायित्व रहेको मन्त्री मास्कीले बताए । कला,संस्कार,संस्कार,संस्कृति गहना रहेको भन्दै त्यसले पर्यटक भित्र्याउने समेत बताए ।

May be an image of text